प्रिमियर लिग च्याम्पियन लिभरपुललाई हरायो ब्राइटनले
काठमाडौं । ब्राइटनले इंग्लिश प्रिमियर लिग च्याम्पियन लिभरपुललाई हराएको छ । ब्राइटनले आफ्नो घरेलु मैदानमा लिभरपुलविरुद्ध ३-२ को संघर्षपूर्ण जित निकालेको हो ।
यसअघि नै लिग उपाधि जितिसकेको लिभरपुल आफ्नो ३७ औं खेलमा पराजित भएको हो । योसँगै प्रिमियर लिग सिजनमा लिभरपुलको हार संख्या चार पुगेको छ । दोस्रो स्थानको आर्सनलको समेत हार संख्या चार नै छ ।
खेलमा सुरुवाती अग्रता लिभरपुलले लिए पनि त्यो अग्रताले हार टरेन । हार्भे इलिओटले नवौं मिनेट मै गोल गरेर अग्रता दिलाएका थिए । ३२ औं मिनेटमा ब्राइटनका यासिन अयारीले गोल फर्काए । पहिलो हाफअघि इलिओटकै असिस्टमा लिभरपुलका लागि डोमिनिक सोबोस्जलाईले गोल गरे ।
दोस्रो हाफमा ब्राइटनका काउरु मिटोमा बराबरी गोल फर्काउँदा ज्याक हिन्शेलवुडले निर्णायक गोल गर्दै टोलीलाई जिताए । यो जितले ब्राइटन अंक तालिकाको आठौं स्थानमा उक्लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण