भूकम्प
अपडेट : कास्की केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प
मङ्गलबार, ०६ जेठ २०८२, १४ : २२

समाचार सारांश
- मंगलबार दिउँसो कास्कीको सिनुवा केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भयो।
- भूकम्पको धक्का कास्की, तनहुँ, बागलुङ र पर्वत जिल्लामा महसुस गरिएको थियो।
- यसअघि वैशाख ३१ गते सोलुखुम्बुको छेस्काम केन्द्रबिन्दु भएर भूकम्प गएको थियो।
काठमाडौँ । मंगलबार दिउँसो कास्कीको सिनुवा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिउँसो १ बजेर ५९ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि गरेको हो।
भूकम्पको धक्का कास्कीसहित तनहुँ, बागलुङ, पर्वतलगायतका जिल्लामा महसुस भएको बताइएको छ ।
यसअघि वैशाख ३१ गते सोलुखुम्बुको छेस्काम केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।