सर्लाहीमा दुई मोटरसाइकल जुध्दा दुई जनाको मृत्यु
सर्लाही । सर्लाहीको बागमती नगरपालिका–४ जिरायत बजारस्थित भित्री सडक खण्डमा मंगलबार दिउँसो करिब ४ बजे दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
पुतली चोकबाट सोल्टी बजारतर्फ जाँदै गरेको प्रदेश ३–०२–००६प ७८६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको बा ५६ प ५२६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।
दुर्घटनापछि तत्कालै इलाका प्रहरी पोस्ट जिरायतबाट प्रहरी निरीक्षक श्रीनारायण प्रसाद यादवको कमान्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनालाई उपचारका लागि चन्द्रनिगाहपुर प्राथमिक अस्पताल, रौतहट लगिएकोमा चिकित्सकले साढे ४ बजे मृत घोषणा गरेका हुन् ।
मृत्यु हुनेमा रौतहट बिसुनपुर्वा गाउँपालिकाकाका ३३ वर्षीय नागेन्द्र साह सोनार र काठमाडौँ महानगरपालिका–२३ बसन्तपुर निवासी ३० वर्षीय विवेक मानन्धर रहेका छन् ।
बा ५६ प ५२६ नम्बरको मोटरसाइकल नागेन्द्र साहले चलाएका थिए भने विवेक मानन्धर प्रदेश ३–०२–००६प ७८६८ नम्बरको मोटरसाइकल चालक थिए ।
साहले चलाएको मोटरसाइकलमा पछाडि सवार भारत, बिहार राज्य बकुलियाकी ३४ वर्षीया मुनिदेवी साह सोनार र रौतहट बिसुनपुर्वा गाउँपालिका–४ की ३२ वर्षीया चन्चलादेवी साह भने घाइते भएका छन् ।
घाइते दुवैलाई बागमती मोडेल अस्पताल हरिवनमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार दुवै मोटरसाइकल इलाका प्रहरी पोस्ट जिरायतको नियन्त्रणमा रहेका छन् ।
घटनास्थल इलाका प्रहरी पोस्ट जिरायतबाट करिब २ किलोमिटर पश्चिममा पर्छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण