अर्थ
सुनको मूल्य थप बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
बिहीबार, ०८ जेठ २०८२, १० : ३८

समाचार सारांश
- बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रति तोला १,७०० रुपैयाँले बढेको छ।
- छापावाल सुनको मूल्य १ लाख ९१ हजार ५०० रुपैयाँ पुगेको छ, बुधबारको तुलनामा वृद्धि भएको हो।
- चाँदीको मूल्य पनि बढेर प्रति तोला २,०२५ रुपैयाँ पुगेको छ।
काठमाडौँ । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ वृद्धि भएको हो ।
जसअनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९१ हजार ५०० रुपैयाँ पुगेको छ । बुधवार छापावाल सुन १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको थियो । बुधवार पनि छापावाल सुन अघिल्लो दिनको तुलनामा ५ हजार रुपैयाँ बढेको थियो ।
यसैबिच चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर २ हजार २५ रुपैयाँ कायम भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : राजावादी आन्दोलनमा धरपकडदेखि वाईसीएललाई प्रचण्डको निर्देशनसम्म
-
भक्तपुर अस्पताल देशभरकै उत्कृष्ट
-
जनता नै इतिहासका निर्माता हुन्, राजावादीहरूले बुझून्
-
गण्डकीको ‘राइड सेयरिङ’को विरोधमा सुदूरपश्चिमका यातायात व्यवसायी
-
समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ
-
मंगलबार संघीय निजामती सेवा विधेयक पेस गर्ने तयारी