गण्डकीको ‘राइड सेयरिङ’को विरोधमा सुदूरपश्चिमका यातायात व्यवसायी
कैलाली । गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’ सम्बन्धी नियमावलीको विरोधमा सुदूरपश्चिम प्रदेशका यातायात व्यवसायी र मजदुरहरू आन्दोलनमा उत्रिएका छन् । विरोध स्वरूप उनीहरुले सोमबारदेखि लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाएका छन् ।
नेपाल यातायात व्यवसायी महासङ्घ सुदूरपश्चिम प्रदेश समिति संयोजक टेकराज जोशीका अनुसार (आइतबार) देखि लामो दूरीमा चल्ने सार्वजनिक यातायात बन्द गरिएको छ भने सोमबार देखी सबै दूरीका सार्वजनिक सवारीसाधन पूर्ण रूपमा ठप्प पारिनेछ ।
'आइतबार लामो दूरीको सेवा रोकिएको छ। सोमबार भोलिदेखि छोटो दूरीसहित सम्पूर्ण सार्वजनिक सवारी साधन बन्द हुनेछ,’जोशीले भने । विवादको केन्द्रमा रहेको ऐन अनुसार, गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेट भएका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे निजी सवारी साधनलाई यात्रु ओसारपसार गर्न दिने व्यवस्था गरेको छ ।
यस निर्णयप्रति असन्तुष्टि जनाउँदै देशभरका यातायात व्यवसायीहरू विरोधमा उत्रिएको सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले जानकारी दिए ।
आन्दोलनका क्रममा आइतबार धनगढी बसपार्कमा भेला भएका यातायात व्यवसायी र मजदुरहरूले विरोधका प्रतीक स्वरूप सवारीसाधनमा कालो झन्डा राखेका थिए ।
यस्तै कालोपट्टी बाँधेर ऐनको विरोध जनाएका थिए। सोमवारदेखि पूर्ण रूपमा यातायात ठप्प गरेर आन्दोलनका कार्यक्रम अगाडि बढाइने जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण