गण्डकीको ‘राइड सेयरिङ’को विरोधमा सुदूरपश्चिमका यातायात व्यवसायी
_RnqjXKThwP.jpg)
कैलाली । गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’ सम्बन्धी नियमावलीको विरोधमा सुदूरपश्चिम प्रदेशका यातायात व्यवसायी र मजदुरहरू आन्दोलनमा उत्रिएका छन् । विरोध स्वरूप उनीहरुले सोमबारदेखि लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाएका छन् ।
नेपाल यातायात व्यवसायी महासङ्घ सुदूरपश्चिम प्रदेश समिति संयोजक टेकराज जोशीका अनुसार (आइतबार) देखि लामो दूरीमा चल्ने सार्वजनिक यातायात बन्द गरिएको छ भने सोमबार देखी सबै दूरीका सार्वजनिक सवारीसाधन पूर्ण रूपमा ठप्प पारिनेछ ।
'आइतबार लामो दूरीको सेवा रोकिएको छ। सोमबार भोलिदेखि छोटो दूरीसहित सम्पूर्ण सार्वजनिक सवारी साधन बन्द हुनेछ,’जोशीले भने । विवादको केन्द्रमा रहेको ऐन अनुसार, गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेट भएका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे निजी सवारी साधनलाई यात्रु ओसारपसार गर्न दिने व्यवस्था गरेको छ ।
यस निर्णयप्रति असन्तुष्टि जनाउँदै देशभरका यातायात व्यवसायीहरू विरोधमा उत्रिएको सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले जानकारी दिए ।
आन्दोलनका क्रममा आइतबार धनगढी बसपार्कमा भेला भएका यातायात व्यवसायी र मजदुरहरूले विरोधका प्रतीक स्वरूप सवारीसाधनमा कालो झन्डा राखेका थिए ।
यस्तै कालोपट्टी बाँधेर ऐनको विरोध जनाएका थिए। सोमवारदेखि पूर्ण रूपमा यातायात ठप्प गरेर आन्दोलनका कार्यक्रम अगाडि बढाइने जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेसपा गंगानारायण श्रेष्ठ समूहका क–कसले पाए माओवादीमा जिम्मेवारी ? (सूचीसहित)
-
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही
-
टर्कीमा गयो भूकम्प, सात जना घाइते
-
कलाकार गौतमलाई कलाकर्मीले दिए अन्तिम श्रद्धाञ्जली (तस्बिरहरू)
-
आईसीसी विश्वकपमा पाकिस्तानको सबै खेल श्रीलङ्कामा
-
सांसदको प्रश्न– यातायात व्यवसायीसँग तत्कालीन सहमति भएको हो कि दीर्घकालीन ?