केपी ओली नेतृत्वको सरकारको गफ गर्ने बाहेक कुनै हैसियत छैन : प्रचण्ड
सारांश
- पूर्व प्रधानमन्त्री प्रचण्डले केपी ओली नेतृत्वको सरकारको गफ गर्ने बाहेक कुनै हैसियत नभएको बताए ।
- प्रचण्डले माओवादीले व्यवस्थाको रक्षा गर्ने र वैचारिक तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने बताए ।
- प्रचण्डले सरकारको आलोचना गर्दै काठमाडौं कब्जाको हल्ला र एमालेको बेइज्जत भएको कुरा उठाए।
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकारको गफ गर्ने बाहेक कुनै हैसियत नभएको बताएका छन् । आइतबार पार्टी निकट युवा संगठन वाइसीएलको तेस्रो सम्मेलनलाई प्रज्ञा भवन कमलादीमा सम्बोधन गर्दै प्रचण्डले व्यवस्थाको रक्षा गर्ने जिम्मा माओवादीको भएको बताए।
‘यो सरकारको त केही हैसियतै छैन । यसको इच्छाशक्ति पनि छैन । गफ गर्ने बाहेक हैसियत पनि छैन । हामीहरूले एक लाख मानिस उतारेर देखायौँ । यिनीहरूले गफ गरे–काठमाडौँ कब्जा, लाजै मर्नु देखियो । तर देश दुनियामा यति बेइजत भयो एमाले पार्टीको । यस्ता छन् यिनीहरूलाई, केहि मतलब छैन । त्यसकारण यो जिम्मेवारी लिने हामीले नै हो’, उनले भने ।
प्रचण्डले चैत १५ गते राजावादीहरुले हत्या, हिंसा र आगजनीको चरित्र देखाएको बताउँदै त्यसको प्रतिवाद वैचारिक र राजनीतिक रूपमा माओवादीले मात्रै गर्नसक्ने जिकिर गरे ।
यसैगरी प्रचण्डले पार्टीभित्र देखिएको रोग वाइसीएलमा पनि सरेको बताए । यद्यपि रोग लाग्नुको मुख्य दोषी वाइसीएल नभएर पार्टी नै भएको उनले स्वीकारे ।
‘पार्टीमा सरेको रोग वाइसीएलमा सरेको मलाई राम्रोसँग थाह छ । म तपाईंलाई दोष दिन्न । मुख्य दोषी पार्टी नै हो । पार्टीमा नै समस्या भएपछि त्यसका हाँगाबिँगा, शाखा सबैतिर रोग सर्नु स्वाभाविक नै हो’, उनले भने, ‘तर पार्टीले आत्मासमीक्षा गरी रूपान्तरण गर्छु भनेर जनतामा गएर आएर र जाँदै गरेको नाताले म तपाईंलाई भन्न चाहन्छु– तपाईंले पनि आत्मसमीक्षा त गर्नैपर्छ । चोखै छौँ भनेर सोच्नुभयो भने रूपान्तरण हुँदैन । त्यसकारण म गम्भीरतापूर्वक सोच्न जरुरी छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण