धनगढीमा अत्यधिक विषादीयुक्त २ हजार बढी किलोग्राम आँप नष्ट
कैलाली । धनगढीस्थित सहिद गेट कृषि उपज थोक बजारमा रहेको जय श्री जानकी स्टोरमा राखिएको २ हजार २ सय ६० किलोग्राम आँपमा आइतबार विषादीको अत्यधिक मात्रा भेटिएपछि नष्ट गरिएको छ ।
धनगढी उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखा प्रमुख महेश मल्लका अनुसार आइतबार थोक बजार तथा मण्डीबाट तरकारी र फलफूलका १५ वटा नमुना सङ्कलन गरी विषादी अवशेष परीक्षण गरिएको थियो।
परीक्षणमा भिन्डी, काँक्रो, टमाटर, करेला, केरा, अङ्गुर, स्याउ, अनार र आँपमा परीक्षण गर्दा भारतबाट आयात गरिएको आँपमा मात्र विषादीको मात्रा अत्यधिक देखिएको हो ।
’आँपमा पाइएको विषादीको मात्रा मानव स्वास्थ्यका लागि हानिकारक हुने स्तरभन्दा धेरै भएकाले तत्काल नष्ट गरिएको हो,’मल्लले भने ।संयुक्त अनुगमन टोलीले सहिद गेट कृषि उपज थोक बजार, दक्षिणकाली मार्ग सब्जीमण्डी र धनगढी चौराहास्थित हाट बजारबाट नमुना सङ्कलन गरेको थियो ।
अनुगमनमा धनगढी उपमहानगरपालिकाको संयोजनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला अत्तरिया, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, पत्रकार महासङ्घ लगायत सरोकारवाला निकायहरू सहभागी थिए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख हरेराम प्रधानले अन्य फलफूल तथा तरकारीमा विषादीको मात्रा सामान्य सीमाभित्र देखिए पनि भारतबाट ल्याइएको उक्त आँपमा अत्यधिक विषादी भेटिएको र त्यसैले खान अयोग्य ठहर गर्दै नष्ट गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तोडियो संवादहीनता, ‘पीएमको जबाफ’ विपक्षीको बटमलाइन बन्दा खुलेन संसद्
-
सुदूरपश्चिम सरकारमा कांग्रेसले टुङ्ग्यायो मन्त्रीका नाम, आजै शपथ
-
वीरगन्जका मेयर राजेशमान सिंह निलम्बनमा
-
६ महानगरले पाए पौने १२ अर्ब अनुदान, पोखरालाई सबैभन्दा धेरै, कसले कति पाए ?
-
वीरगन्जका मेयर राजेशमानसहित ७ जनाविरुद्ध मुद्दा दायर
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण