धनगढी उपमहानगरपालिकामा २२ गते सार्वजनिक बिदा
आइतबार, १८ जेठ २०८२, २० : ४८

कैलाली । गंगादशहरा मेलाको अवसरमा धनगढी उपमहानगरपालिकाले २२ गते सार्वजनिक बिदा दिएको छ। उपमहानगरपालिकाको कार्यपालिका बैठकले गरेको निर्णयअनुसार २२ गते सार्वजनिक बिदा हुने भएको हो ।
उपमहानगरपालिकाले आइतबार सूचना जारी गर्दै गंगादशहरा मेलाको अवसरमा बिदा दिइएको जानकारी दिएको छ। गंगादशहरामा धनगढीको बेहडाबाबा मन्दिरमा मेला लाग्दै आएको छ ।