साढे दुई अर्बको सिमेन्ट भारतमा निर्यात
बिहीबार, ०८ जेठ २०८२, १२ : ०७

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा साढे दुई अर्बको सिमेन्ट निर्यात भएको छ । बुधबार भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त मूल्य बराबरको सिमेन्ट निर्यात भएको हो ।
विभागका अनुसार २०८२ वैशाख मसान्तसम्म २ अर्ब ४१ करोड ८८ लाख ७५ हजार रुपैयाँको ७७२१०४ मेट्रिक टन सिमेन्ट तथा सिमेन्ट क्लिङ्कर भारतमा निर्यात भएको छ ।
यसमध्ये ६४ करोड ९२ लाख १९ हजार रुपैयाँको ४ लाख ८१ हजार ९२५ मेट्रिक टन सिमेन्ट क्लिङ्कर र १ अर्ब ७६ करोड ९६ लाख ५६ हजार रुपैयाँको सिमेन्ट निर्यात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीको ‘राइड सेयरिङ’को विरोधमा सुदूरपश्चिमका यातायात व्यवसायी
-
समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ
-
मंगलबार संघीय निजामती सेवा विधेयक पेस गर्ने तयारी
-
भोलिदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने यातायात व्यवसायीको घोषणा
-
केपी ओली नेतृत्वको सरकारको गफ गर्ने बाहेक कुनै हैसियत छैन : प्रचण्ड
-
क्वालिफायर–२ मा वर्षा बाधक, खेल हुन नसके के हुन्छ ?