मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय

कमल थापा र दिपक सिंह रिहा भएपछि राजेन्द्र लिङ्देनद्वारा स्वागत

आइतबार, १८ जेठ २०८२, २१ : ३२
आइतबार, १८ जेठ २०८२

काठमाडौँ । राजावादी आन्दोलनको क्रममा आइतबार पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका सांसद दिपक सिंह रिहा भएका छन् । 

आज साँझ नै रिहा भएका उनीहरुलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा स्वागत गरेका छन्। 

राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा उनीहरू पक्राउ परेका थिए ।

राजावादी समूहले बिहीबारदेखि वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।

राजावादीको गतिविधिलाई लक्षित गरेर प्रशासनले नारायणहिटी दरबार क्षेत्र आसपासका साथै सिफल, कोटेश्वर र बल्खु बाहेकको क्षेत्रमा विरोधका कार्यक्रम गर्न निषेध गरिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप