कमल थापा र दिपक सिंह रिहा भएपछि राजेन्द्र लिङ्देनद्वारा स्वागत
आइतबार, १८ जेठ २०८२, २१ : ३२
काठमाडौँ । राजावादी आन्दोलनको क्रममा आइतबार पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका सांसद दिपक सिंह रिहा भएका छन् ।
आज साँझ नै रिहा भएका उनीहरुलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा स्वागत गरेका छन्।
राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा उनीहरू पक्राउ परेका थिए ।
राजावादी समूहले बिहीबारदेखि वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।
राजावादीको गतिविधिलाई लक्षित गरेर प्रशासनले नारायणहिटी दरबार क्षेत्र आसपासका साथै सिफल, कोटेश्वर र बल्खु बाहेकको क्षेत्रमा विरोधका कार्यक्रम गर्न निषेध गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण