कर्मचारीका कारण सरकारको 'पर्फमेन्स'माथि असर पर्यो : मुख्यमन्त्री सिंह

जनकपुर । मधेस प्रदेश सरकारका मुख्यमन्त्री शतिस सिंहले प्रदेशका कर्मचारीहरूमा काम गर्ने मनसाय कम देखिएको बताएका छन् । अर्थ मन्त्रालयको आयोजनामा राखिएको विनियोजन विधेयक २०८२ को लागि मस्यौदाका लागि सुझाव सङ्कलन कार्यक्रममा मुख्यमन्त्री सिंहले यस्तो बताएका हुन ।
बिहीबार बिहान भौतिक मन्त्रालयको सभाकक्षमा आयोजित सुझाव सङ्कलनमा पछिल्लो समयमा प्रदेशका हरेक मन्त्रालयमा कार्यरत कर्मचारीहरू काम गर्ने मनसाय एकदम कम देखिएको बताए ।
कर्मचारीहरूको ढिलासुस्तीले प्रदेश सरकारको कामकारबाहीमा प्रश्न उठिरहेकाले यो आचरणलाई तत्काल सुधार गर्न उनले निर्देशन समेत दिए ।
कार्यक्रममा सहभागी सचिवहरूलाई मुख्यमन्त्री सिंहले भने, ु यो प्रवृत्तिले प्रदेश सरकारको पर्फमेन्समाथि नै प्रश्न उठ्छ, त्यसकारण यसलाई तपाइहरू सुधार गर्नुस् । बरु उत्कृष्ट काम गर्ने कर्मचारीलाई मनोबल बढाउनका लागि पुरस्कारको व्यवस्था गर्नुस्, त्यसमा प्रदेश सरकारले सबै सहयोग गर्छ । अनि लापरबाही गर्ने कर्मचारीहरूको घटुवा हुने व्यवस्था गर्नुस्, तब मात्रै यो समस्या समाधान हुनेछ ।ु
कार्यक्रममा सहभागी अर्थमन्त्री सुनिल यादवले कार्यविधिको कारणले बजेट खर्च हुन नसकेको प्रस्ट्याए । सबै सचिवहरूबाट प्राप्त महत्त्वपूर्ण सुझावलाई आत्मसात् गरेर कार्यविधि तयार गरिने जनाए ।
रकमान्तर, आयोजना तथा कार्यक्रमको संशोधन, एकमुष्ट विनियोजित बजेटको बाँडफाँट, नयाँ योजना तथा कार्यक्रम, बजेट निर्माण , कार्यविधि निर्माण गर्ने अधिकार, विगतको बक्यौता रकमसहितका १० वटा एजेन्डामाथि छलफल भएको थियो ।
जसमा सचिवहरूले आफ्नो राय तथा सुझाव मुख्यमन्त्री सिंहलाई टिपाएका छन् । कसरी विनियोजन विधेयक तयार गर्ने ? त्यसमा सङ्घीय नीतिलाई मध्यनजर गरेर जान सचिवहरूले सुझाए दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंसहित ३९ जना प्रतिवादीको बयान पुरा, आजबाट थुनछेक
-
माओवादीको मध्यपहाडी लोकमार्ग जागरण अभियान अनिश्चितकालका लागि स्थगित
-
सुनको मूल्य बढ्यो, तोलामा कतिमा हुँदैछ कारोबार ?
-
वन मन्त्रालयको बजेट १० वर्ष यताकै बढी
-
‘अर्ग्यानिक कर्णाली’को आधार नै बनेको छैन
-
रमण कन्स्ट्रक्सनका सञ्चालक पवन महतो पक्राउ