बाघको आक्रमणबाट मनहरीमा महिला घाइते

हेटौँडा । मकवानपुरको मनहरीमा बाघको आक्रमणबाट एक जना महिला घाइते भएकी छन् । प्रहरीका अनुसार घाइते हुनेमा स्थानीय ४० वर्षीया फूलमाया चेपाङ रहेकी छन् ।
पालिकाको वडा नम्बर ९ स्थित ज्यामिरे मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएकी फुलमायालाई बिहीबार दिउँसो बाघले आक्रमण गरेर घाइते बनाएको हो । बाघको आक्रमणबाट उनको गर्दन र गालामा गम्भीर चोट लागेको छ । घाइते फुलमायाको मनहरी अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार फूलमायासहित चार जना महिलाहरू बिहीबार दिउँसो घाँस काट्न सामुदायिक वनमा गएका बेला बाघले आक्रमण गरेको थियो । घाँस काटिरहेका बेला उनलाई एक्कासि बाघले आक्रमण गरेको बताइएको छ । बाघले आक्रमण गरेपछि अन्य तीन जना महिलाले ठुलो आवाजमा कराएपछि बाघ डराएर जङ्गलतिर फर्किएको उनीहरूको भनाई छ ।
घटनापछि स्थानीय त्रसित बनेका छन् । सुरक्षा निकाय र स्थानीय वन उपभोक्ता समितिले वन क्षेत्रमा जाँदा सतर्कता अपनाउन आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद्मा परी मधेसमा चालु आर्थिक वर्षमै ४ सय २२ को मृत्यु
-
भारतीय राजदूत क्रिकेट प्रतियोगिता सम्पन्न
-
नेपालको हार तर बने यी रेकर्ड
-
१२ बजे १२ समाचारः बागमतीमा ‘चोर बाटो’बाट सांसद्लाई बजेट, ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल
-
ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल
-
साढे ३३ करोड भ्रष्टाचार प्रकरण : टेलिकमको बिलिङ सिस्टम प्रकरण के हो ?