शुक्रबार, ०९ जेठ २०८२
ताजा लोकप्रिय

पाँचौँ पटक सगरमाथा आरोहण गरेर फर्किइन् पूर्णिमा

शुक्रबार, ०९ जेठ २०८२, ०९ : ३८
शुक्रबार, ०९ जेठ २०८२

काठमाडौँ । फोटो पत्रकार पूर्णिमा श्रेष्ठ सर्वोच्च शिखर सगरमाथा पाँचौँ पटक आरोहण गरेर काठमाडौँ फर्किएकी छन् । उनी आज बिहान लुक्लाबाट काठमाडौँ आइपुगेकी हुन्।

उनले आइतबार बिहान ३:३७ बजे पाँचौँ पटक सगरमाथा शिखर चुमेकी थिइन्। उनी सतोरी एड्भेञ्चर प्रालिमार्फत सगरमाथा चढेकी हुन् । यसअघि गत वर्ष यही सिजनमा श्रेष्ठले दुई हप्ताको अन्तरालमा तीन पटक सगरमाथा आरोहण गरी रेकर्ड कायम गरेकी थिइन् ।

त्यसअघि उनले सन् २०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइन् । आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरिसकेकी श्रेष्ठले दोस्रो अग्लो माउण्ट केटु, ल्होत्से, मनासलु, अन्नपूर्ण, धौलागिरि लगायतका हिमाल आरोहण गरिसकेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप