पाँचौँ पटक सगरमाथा आरोहण गरेर फर्किइन् पूर्णिमा
शुक्रबार, ०९ जेठ २०८२, ०९ : ३८
काठमाडौँ । फोटो पत्रकार पूर्णिमा श्रेष्ठ सर्वोच्च शिखर सगरमाथा पाँचौँ पटक आरोहण गरेर काठमाडौँ फर्किएकी छन् । उनी आज बिहान लुक्लाबाट काठमाडौँ आइपुगेकी हुन्।
उनले आइतबार बिहान ३:३७ बजे पाँचौँ पटक सगरमाथा शिखर चुमेकी थिइन्। उनी सतोरी एड्भेञ्चर प्रालिमार्फत सगरमाथा चढेकी हुन् । यसअघि गत वर्ष यही सिजनमा श्रेष्ठले दुई हप्ताको अन्तरालमा तीन पटक सगरमाथा आरोहण गरी रेकर्ड कायम गरेकी थिइन् ।
त्यसअघि उनले सन् २०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइन् । आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरिसकेकी श्रेष्ठले दोस्रो अग्लो माउण्ट केटु, ल्होत्से, मनासलु, अन्नपूर्ण, धौलागिरि लगायतका हिमाल आरोहण गरिसकेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण