उन्नाइस विपन्न परिवारलाई घर छाउन जस्तापाता सहयोग
शुक्रबार, ०९ जेठ २०८२, १० : ३७
ओखलढुङ्गा । सिद्धिचरण नगरपालिकाले आफ्नो क्षेत्रलाई खरको छानोमुक्त नगरपालिका बनाउने अभियानअन्तर्गत १९ विपन्न परिवारलाई घर छाउन जस्तापाता प्रदान गरेको छ ।
सिद्धिचरण नगरपालिका भण्डार शाखा प्रमुख चुडामणि दाहालका अनुसार नगरपालिकाले चालु आर्थिक वर्षमा खरको छानो भएका विपन्न नगरिकलाई टिनको छानो फेर्न रु १५ लाख वजेट विनियोजन गरेको थियो । त्यसमध्ये रु १२ लाख ८५ हजार ६६२ मा ८८ बन्डल जस्तापाता खरिद गरेर १९ परिवारलार्ई वितरण गरिएको थियो । प्रतिघर तीन बन्डलको दरले ५७ बन्डल जस्तापाता बिहीबार वितरण गरिएको हो ।
आगलागी र मनसुनजन्य जोखिमबाट नगरवासीलाई मुक्त गराउन जस्तापाता वितरणको अभियान सञ्चालन गरिएको नगरका उपप्रमुख केदारबाबु बस्नेतले बताए । अभियानलाई आगामी वर्ष पनि निरन्तरता दिइने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण