मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
सारांश
- विश्व विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को छनोट खेलमा अस्ट्रियालाई २-० गोलले पराजित गरेको छ।
- कप्तान लियोनेल मेसीले दुई गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे।
- मेसीले ३८ औँ मिनेटमा पहिलो गोल र इन्जुरी समयमा दोस्रो गोल गरे।
काठमाडौँ । विश्व विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को समूह ‘जे’ अन्तर्गत सोमबार राति भएको खेलमा अस्ट्रियालाई २–० गोल अन्तरले पराजित गरेको छ । अमेरिकाको डालस स्टेडियममा भएको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा कप्तान लियोनेल मेसीले दुई गोल गर्दै टोलीलाई महत्त्वपूर्ण जित दिलाएका हुन् ।
खेलको सुरुवाती ९ औँ मिनेटमा मेसीले पेनाल्टी सदुपयोग गर्न नसके पनि बाँकी समयमा उनले उत्कृष्ट पुनरागमन गरे । ३८ औँ मिनेटमा एफ। मेदिनाको पासमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका मेसीले खेलको अन्तिम समय अर्थात् इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै जित सुनिश्चित गरे ।
यो खेलसँगै मेसीले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानलाई थप उचाइमा पुर्याएका छन् । पहिलो गोलसँगै १७ गोल पुरा गर्दै मिरोस्लाभ क्लोजको रेकर्ड तोडेका मेसीको अब विश्वकपमा कुल गोल सङ्ख्या १८ पुगेको छ ।
जारी विश्वकपमा अर्जेन्टिनाले अहिलेसम्म कुल ५ गोल गरेको छ र यी सबै ५ गोल कप्तान मेसी एक्लैले गरेका हुन् । यसअघि पहिलो खेलमा अल्जेरियालाई ३–० ले हराउँदा मेसीले ह्याट्रिक गरेका थिए । ३८ वर्षको उमेरमा पनि मेसीको यो ‘वान म्यान सो’ ले विश्व फुटबललाई पुनः चकित बनाएको छ ।
लगातार दुई जित निकालेसँगै अर्जेन्टिना ६ अंकका साथ समूह ‘जे’ को शीर्ष स्थानमा छ र नकआउट चरणमा पुग्ने निश्चित प्रायः भएको छ । पहिलो खेलमा जोर्डनलाई ३–१ ले पराजित गरेको अस्ट्रियाले भने यो हारसँगै अर्को खेलको नतिजा पर्खनुपर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण