मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फिफा विश्वकप २०२६

लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता

मङ्गलबार, ०९ असार २०८३, ०३ : ३७
मङ्गलबार, ०९ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ को समूह 'आई' अन्तर्गतको खेलमा फ्रान्सले इराकविरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ।
  • फ्रान्सका लागि कप्तान किलियन एम्बाप्पेले खेलको १४औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन्।
  • जारी विश्वकपमा फ्रान्सको यो दोस्रो खेल हो र यसअघि सेनेगललाई ३-१ ले पराजित गरेको थियो।

काठमाडौँ । फिफा विश्वकप २०२६ को समूह ‘आई’ अन्तर्गत मंगलबार बिहान भइरहेको खेलको पहिलो हाफ समाप्त भएको छ । नेपाली समय अनुसार मंगलबार बिहान २ः४५ बजे सुरु भएको यस खेलमा फ्रान्सले इराकविरुद्ध १–० को सुरुवाती अग्रता कायम गरेको छ ।

फ्रान्सका लागि कप्तान किलियन एम्बाप्पेले खेलको १४ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् । खेल सुरु भएको केही समयमै आक्रामक देखिएको फ्रान्सका लागि एम्बाप्पेले गरेको यो गोल नै पहिलो हाफमा निर्णायक साबित भयो । 

जारी विश्वकपमा फ्रान्सको यो दोस्रो खेल हो । यसअघि भएको आफ्नो पहिलो खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोल अन्तरले पराजित गर्दै शानदार सुरुवात गरेको थियो । सेनेगलविरुद्धको खेलमा पनि एम्बाप्पेले दुई गोल गरेका थिए । आजको खेलमा पनि गोल गर्दै उनले आफ्नो लयलाई कायम राखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप