लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
हेटौँडा । मकवानपुरको हेटौंडाबाट लागु औषध प्रयोग गरि सवारी चलाउने १० जना चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
मकवानपुरका विभिन्न स्थानमा गरिएको सवारी जाँचका क्रममा लागूऔषध सेवन गरेर सवारी चलाउने १० जना चालकलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका–७ निवासी २० वर्षीय मोस्तकी अन्सारी, गोरखा सहिद लखन गाउँपालिका–३ निवासी २६ वर्षीय निर्मल श्रेष्ठ, सुनसरी इटहरी उपमहानगरपालिका–७ निवासी २७ वर्षीय अन्जित चौधरी, पर्सा वीरगञ्ज महानगरपालिका–२७ निवासी ४० वर्षीय रामनारायण मण्डल, सर्लाही लालबन्दी नगरपालिका–१५ निवासी ३४ वर्षीय अमिर योन्जन रहेका छन् ।
त्यस्तै रौतहट ईशनाथ नगरपालिका–५ निवासी ३५ वर्षीय पुकार यादव, मकवानपुर हेटौंडा उपमहानगरपालिका–१५ निवासी २३ वर्षीय रोहन लामा, महोत्तरी बर्दिबास नगरपालिका–१४ निवासी २७ वर्षीय रुद्रप्रसाद दाहाल, रौतहट फतुवा विजयपुर नगरपालिका–६ निवासी ३३ वर्षीय उमेश राय यादव तथा पर्सा वीरगञ्ज महानगरपालिका–१२ निवासी ३४ वर्षीय मैनिदिन मियाँ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक माधव काफ्ले जानकारी दिए ।
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको ३९औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा सञ्चालन गरिएको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत परीक्षण गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण