मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
अपडेट

खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ

मङ्गलबार, ०९ असार २०८३, ०३ : ५३
मङ्गलबार, ०९ असार २०८३

सारांश

  • फ्रान्स र इराकबिचको फिफा विश्वकप छनोट खेल खराब मौसमका कारण ढिलाइ भएको छ।
  • पहिलो हाफको नियमित विश्रामबाहेक दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ भएको छ।
  • रङ्गशाला क्षेत्रमा चट्याङ पर्ने जोखिमका कारण सुरक्षालाई मध्यनजर गर्दै यो निर्णय लिइएको हो।

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत फ्रान्स र इराकबिचको खेलमा खराब मौसमका कारण उत्पन्न अवरोध अझै लम्बिने भएको छ । सञ्चारमाध्यमहरूलाई दिइएको पछिल्लो जानकारीअनुसार, पहिलो हाफको नियमित १५ मिनेटको विश्रामबाहेक थप १५ मिनेट खेल ढिलो गरी सुरु हुने भएको छ।

नियमित विश्रामको समय सकिँदासम्म पनि मौसममा सुधार नआएपछि दोस्रो हाफ सुचारु गर्न थप १५ मिनेटको समय थपिएको हो । योसँगै खेल अब कम्तीमा ३० मिनेट ढिलो गरी सुरु हुनेछ । रङ्गशाला क्षेत्रमा चट्याङ पर्ने जोखिम अझै कायम रहेकाले सुरक्षाको दृष्टिकोणले यो निर्णय लिइएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप