फिफा विश्वकप २०२६
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
मङ्गलबार, ०९ असार २०८३, ०३ : ०६
सारांश
- फ्रान्सले फिफा विश्वकप २०२६ को समूह 'आई' अन्तर्गत इराकविरुद्धको खेलमा सुरुवाती अग्रता लिएको छ ।
- फ्रान्सका कप्तान किलियन एम्बाप्पेले खेलको १४ औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाए ।
- जारी विश्वकपमा फ्रान्सको यो दोस्रो खेल हो ।
काठमाडौँ । फिफा विश्वकप २०२६ को समूह ‘आई’ अन्तर्गत जारी आफ्नो दोस्रो खेलमा फ्रान्सले इराकविरुद्ध सुरुवाती अग्रता लिएको छ । नेपाली समय अनुसार मंगलबार बिहान २ः४५ बजे सुरु भएको खेलमा फ्रान्सले १४ औँ मिनेटमै गोल गर्दै आफ्नो दबाब कायम गरेको हो ।
फ्रान्सका लागि कप्तान तथा स्टार स्ट्राइकर किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका हुन् । खेल सुरु भएको १४ औँ मिनेटमा उनले सानदार गोल गर्दै फ्रान्सलाई सुखद सुरुवात दिलाए । इराकका डिफेन्डरहरूलाई छक्याउँदै एम्बाप्पेले बललाई जाली चुमाएका थिए ।
जारी विश्वकपमा फ्रान्सको यो दोस्रो खेल हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण