राजनीतिमा फर्किइन् सरिता गिरी
सारांश
- सरिता गिरी नेपाल सद्भावना पार्टीमार्फत राजनीतिमा पुन: प्रवेश गरेकी छन्।
- चुच्चे नक्सा विवादपछि राजनीतिबाट टाढा रहेकी गिरीले बाबुराम भट्टराईको राजनीति समाप्त भएको दाबी गरिन्।
- गिरीले मधेसमा नयाँ राजनीतिक मोर्चा बनाउने प्रयास गर्दैछिन्, जसमा साना दलहरूलाई समेट्ने योजना छ।
काठमाडौँ । लामो समय राजनीतिबाट टाढा रहेकी नेतृ सरिता गिरी पुनः सक्रिय राजनीतिमा फर्किएकी छन् । उनले नेपाल सद्भावना पार्टीमार्फत राजनीतिक यात्रा पुनः सुरु गर्न लागेकी हुन्।
पूर्व समाजवादी फोरम नेपालकी नेतृ गिरी चुच्चे नक्साको विवादमा पार्टीबाट निष्कासित भएपछि केही समय राजनीतिबाट टाढा रहेकी थिइन्। २०७४ को चुनावमा समानुपातिक सांसद बनेकी गिरीलाई पार्टीले कारबाही गरेर संसद् तथा पार्टी दुवैबाट हटाएको थियो। त्यसपछि उनले २०७९ को निर्वाचनमा सिराहा–१ बाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरे पनि पराजित भएकी थिइन्।
रातोपाटीसँगको कुराकानीमा गिरीले अब आफू पूर्ण रूपमा राजनीतिमा फर्किएको बताइन्। ‘केही समय घरायसी काममा व्यस्त थिएँ, त्यसैले राजनीति पछि परेको थियो,’ उनले भनिन्, ‘अब सक्रिय भएर लाग्नेछु।’
गिरीले नेपाल सद्भावना पार्टीमा कुनै पदमा नरहे पनि नीति निर्माण तहमा काम गर्ने योजना रहेको बताइन्। पार्टीलाई सशक्त बनाउने उद्देश्यले आफू सक्रिय रूपमा लाग्ने उनको भनाइ छ।
उनले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईको राजनीति ‘समाप्त भइसकेको’ दाबी पनि गरेकी छन्। ‘बाबुरामजीले मलाई दुई पटक राजनीतिबाट हटाउने प्रयास गर्नुभयो, तर म फेरि फर्किइरहेकी छु,’ उनले भनिन्, ‘उहाँ आफैँ राजनीतिबाट हराइसक्नुभएको छ।
एक समय बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा गिरी श्रममन्त्री बनेकी थिइन्। पछि भ्रष्टाचारको आरोप लागेपछि मन्त्री पदबाट हटाइएकी थिइन्। त्यसपछि चुच्चे नक्साको विषयमा संसद् र पार्टी दुवैबाट निष्कासन गरिएकी थिइन्। गिरीको त्यो सबै बाबुरामको उक्साहटमा भएको आरोप छ।
अब गिरी मधेसमा नयाँ राजनीतिक मोर्चा बनाउने प्रयासमा लागेकी छन्। हालै मधेसका सात दल मिलेर बनेको सङ्घीय लोकतान्त्रिक मोर्चा बाहेक बाँकी रहेका साना दलहरूलाई समेटेर उनले अर्को मोर्चा निर्माण गर्ने तयारी गरिरहेकी छिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोपाइँ गर्दै ‘हली’ युनिटले मनायो धान दिवस
-
चेतना पौडेल पक्राउ प्रकरण : विवादको कडी के हो ?
-
इलाममा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
-
कोशी सरकारले सांसदका स्वकीयलाई पारिश्रमिक दिने
-
सिँचाई सुविधापछि धानखेतमा कोदो रोप्नुपर्ने बाध्यता हट्यो
-
धान उत्पादनका लागि क्षेत्रफल विस्तार गरिनुपर्छ : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण