सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
अदालत

थप २ हजार विद्यार्थीले पीसीएल नर्सिङ पढ्न पाउने आदेश कार्यान्वयन गर्न निर्देशन

सोमबार, १५ असार २०८३, १४ : १६
सोमबार, १५ असार २०८३

सारांश

  • अब १०० शय्या क्षमता वा सो भन्दा माथि भएका मेडिकल कलेजहरूले पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न पाउने बाटो कार्यान्वयनमा आउने भएको छ ।
  • सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले राष्ट्रिय चिकित्सा शिक्षा आयोग र शिक्षा तथा खेलकुद मन्त्रालयलाई उच्च अदालत पाटनको आदेश कार्यान्वयन गर्न निर्देशन दिएको छ ।
  • यस निर्देशनले थप दुई हजारभन्दा बढी विद्यार्थीले पीसीएल नर्सिङ अध्ययन गर्न पाउने बाटो खुल्ने अपेक्षा गरिएको छ ।

काठमाडौँ । अब १०० शय्या क्षमता वा सो भन्दा माथि भएका मेडिकल कलेजहरूले पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न पाउने बाटो कार्यान्वयनमा आउने भएको छ ।

सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले राष्ट्रिय चिकित्सा शिक्षा आयोग र शिक्षा तथा खेलकुद मन्त्रालयलाई उच्च अदालत पाटनको आदेश कार्यान्वयन गर्न निर्देशन दिएसँगै १०० शय्या क्षमता वा सो भन्दा माथि भएका मेडिकल कलेजहरूले पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न पाउने बाटो खुलेको हो । थप २ हजार विद्यार्थीले पीसीएल नर्सिङ पढ्न पाउने बाटो खुलेको आयोगका पूर्वसदस्य डा.पदमबहादुर खड्काले जानकारी दिए । 

निवेदक डा.पदमबहादुर खड्काले मिति २०८३ असार १२ मा निर्देशनालयमा निवेदन दर्ता गराएपछि यो पत्र जारी गरिएको हो । उक्त पत्रमार्फत चिकित्सा शिक्षा आयोगको २०७७ साउन ३० को बैठकको निर्णय बमोजिम २०६५ चैत ४ भन्दा अगाडि नर्सिङ कार्यक्रम सञ्चालन स्वीकृति पाएका संस्थाहरूलाई थप सिट निर्धारणको लागि आयोगमा पेश गर्न पाउने व्यवस्था कार्यान्वयन गर्न भनिएको छ ।

उच्च अदालत पाटनले २०८२ असार ४ मा गरेको आदेशमा प्राविधिक शिक्षा र व्यावसायिक तालिम परिषद्ले सम्बन्धन प्रदान गरेका शैक्षिक कार्यक्रमहरूले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ ले तोकेको मापदण्ड पूरा गरेका छन् भने ती संस्थालाई सञ्चालन अनुमति दिई सिट निर्धारणका लागि आयोगमा पेस गर्न सकिने उल्लेख छ । अदालतले नर्सिङ प्रमाणपत्र तहको कार्यक्रम सञ्चालनमा बाधा नपर्ने भन्ने मूल भावलाई सम्बोधन गर्न निर्देशन दिएको हो ।

यस निर्देशनले थप दुई हजारभन्दा बढी विद्यार्थीले पीसीएल नर्सिङ अध्ययन गर्न पाउने बाटो खुल्ने अपेक्षा गरिएको छ । मापदण्ड पूरा गरेका तर आयोगबाट सञ्चालन अनुमति पाउन नसकेका संस्थाहरूले अब प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदमार्फत आयोगसँग समन्वय गरी सिट निर्धारणको प्रक्रिया अगाडि बढाउन सक्ने भएका छन् ।

फैसला कार्यान्वयन निर्देशनालयका शाखा अधिकृत पालसिङ लामाले हस्ताक्षर गरेको उक्त पत्रले सम्बन्धित निकायहरूलाई आदेश कार्यान्वयन गरी जानकारी पठाउन समेत निर्देशन दिएको छ ।

732252757_1018684130753812_4799564348216191098_n731540905_1679056593303060_4267504625363041255_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप