शनिबार, १० जेठ २०८२
ताजा लोकप्रिय
धुलाम्मे बनेपा, सर्वसाधारणलाई सास्ती, तस्बिरहरू
फोटोफिचर

धुलाम्मे बनेपा, सर्वसाधारणलाई सास्ती, तस्बिरहरू

शनिबार, १० जेठ २०८२

भक्तपुर । भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्म सडक विस्तार गर्ने योजना सुरु भएदेखि ३ वर्षभित्र सकाउनुपर्ने भए पनि समयमै काम हुन नसक्दा सर्वसाधारणले दुःख पाइरहेका छन् । 

bhaktapur dhulikhel road (1)

अरनिको राजमार्ग निर्माण भएपछि यो सडक खण्डको स्तरोन्नति गर्ने कुरा २०७२ सालदेखि सुरु भएको भए पनि विभिन्न कारण र समस्याका कारण ढिलो गरि वि.सं. २०७९ देखि मात्रै काम सुरु भएको थियो ।

bhaktapur dhulikhel road (2)

दैनिक हजारौँको संख्यामा आवतजावत गर्ने यो सडक अहिले कुहिरिमण्डल हुने गरेको छ । धुलोका कारण सडक छेउमा बसोबास गर्ने स्थानीयलाई स्वास्थ्य समस्या आइरहेको छ नै यो सडक खण्ड प्रयोग गर्ने सवारीलाई पनि निकै सकस हुने गरेको छ ।

bhaktapur dhulikhel road (3)

घाम लागेको समयमा धुलो र पानी परेको समयमा हिलो हुँदा सवारी चिप्लिने, खाडल पर्ने जस्ता समस्या आइरहन्छन् । अझ मोटरसाइकलमा यात्रा गर्नेका लागि यो सडक खण्ड अझ बढी कष्टपूर्ण र चुनौतीपूर्ण बन्ने गरेको छ । ठेक्का सम्झौता अनुसार यो सडक खण्डको निर्माण कार्य सम्झौताको ३ वर्ष भित्र सकिन पर्ने हो तर काम पुरा हुने छाँट अझै देखिएको छैन ।

bhaktapur dhulikhel road (4)

अरनिको राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल सडकखण्ड चार लेनमा विस्तार गरिने योजना अन्तर्गत पहिलो चरणमा साँगादेखि धुलिखेल खण्ड र सूर्यविनायकदेखि साँगासम्मको ठेक्का दुई चरणमा सम्झौता भएको थियो ।

bhaktapur dhulikhel road (5)

सडक विस्तार गरिने कूल १५ दशमलव पाँच किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्डको ठेक्का लामा कन्स्ट्रक्सनले दिइएको छ । 

bhaktapur dhulikhel road (6)

दोस्रो चरणमा निर्माण गरिने सूर्यविनायक–साँगा सडकखण्ड भने सात दशमलव पाँच किमी रहेको छ । यी दुवै सडकखण्डको काम ठेक्का सम्झौताको ३६ महिनाभित्र सक्नु पर्ने भए पनि दुवै तिर कामले गति लिन सकिरहेको छैन ।

bhaktapur dhulikhel road (7)

काभ्रेपलाञ्चोकको पूर्वी–दक्षिणी क्षेत्र बीपी राजमार्ग हुँदै आवागमन हुने सवारी काठमाडौँ–पूर्वी तराई गर्छन् । उत्तरी नाका तातोपानी पुग्न पनि यही सडक प्रयोग हुन्छ । सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायतका विभिन्न ठाउँबाट आवतजावतका लागि यही सडक प्रयोग हुन्छ । 

bhaktapur dhulikhel road (8)

सडक बिस्तार सम्पन्न भएपछि पनि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुला भए यो सडकखण्डमा अझै सवारी चाप बढ्ने अनुमान गरिएको छ । हाल कोटेश्वरबाट लामा दूरीका सवारीसाधन मात्र दैनिक एक हजारभन्दा बढी छुट्ने गरेको तथ्याङ्क छ । आयोजना निर्माण सम्पन्न भएपछि धुलिखेल–भक्तपुरको सवारी चाप निकै कम भई सडक बिस्तारमा अर्को फड्को मार्ने अपेक्षा राखिएको छ ।

bhaktapur dhulikhel road (9)

सङ्घीय राजधानीबाट बागमती प्रदेशअन्तर्गत मध्यपहाडीका बीपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको छोटो दूरीसँग धुलिखेल जोडिएको छ । यी सडकबाट अरनिको राजमार्ग हुँदै प्रदेश नं १ र मधेस प्रदेशका नागरिक काठमाडौँ आवतजावत गर्दछन् ।

bhaktapur dhulikhel road (10)bhaktapur dhulikhel road (11)bhaktapur dhulikhel road (12)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया