शुभमन बने भारतको नयाँ टेस्ट कप्तान, पन्त उपकप्तान
सारांश
- भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले शुभमन गिललाई इङ्गल्याण्ड भ्रमणका लागि टेस्ट टोलीको नयाँ कप्तान नियुक्त गरेको छ।
- ऋषभ पन्तलाई उपकप्तानको जिम्मेवारी दिइएको छ, र टोली अर्को महिना इङ्गल्याण्ड भ्रमणमा जाँदैछ।
- बोर्डको मुम्बई मुख्यालयमा भएको बैठकले टोली छनोट गरेको हो, जसमा देवजित सैकिया र अजित आगरकरको उपस्थिति थियो।
नयाँ दिल्ली । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले इंग्ल्याण्ड भ्रमणका लागि शुभमन गिललाई टेस्ट टोलीको नयाँ कप्तान नियुक्त गरेको छ। उपकप्तानको जिम्मेवारी ऋषभ पन्तलाई दिइएको छ।
भारतीय क्रिकेट टोली अर्को महिना इङ्गल्याण्ड भ्रमणमा जाँदैछ। यहाँ टोलीले पाँच खेलको टेस्ट शृङ्खला खेल्ने छ। टोली छनोट गर्न बोर्डको मुम्बईस्थित मुख्यालयमा बैठक बसेको थियो। यस बैठकमा बीसीसीआई सचिव देवजित सैकिया र अजित आगरकरको नेतृत्वमा रहेको छनोट समितिका सदस्यहरू उपस्थित थिए।
बैठकपछि पत्रकार सम्मेलनमा अजित आगरकरले भारतीय टोलीको घोषणा गरे।
यी हुन् टोलीमा समावेश : शुभमन गिल (कप्तान), ऋषभ पन्त (विकेटकिपर र उपकप्तान), यशस्वी जयस्वाल, केएल राहुल, साई सुदर्शन, अभिमन्यु ईश्वरन,
करुण नायर, नितिश कुमार रेड्डी, रवीन्द्र जडेजा, ध्रुव जुरेल (विकेटकिपर), वासिङ्टन सुन्दर, शार्दुल ठाकुर, जसप्रीत बुमराह, मोहम्मद सिराज, प्रसिद्ध कृष्ण, आकाश दीप, अर्शदीप सिंह, कुलदीप यादव
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण