ललितपुरसहित देशका विभिन्न स्थानमा सवारी दुर्घटना, चार जनाको मृत्यु
शनिबार, १० जेठ २०८२, २० : ०९

काठमाडौँ । ललितपुरसहित देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी कम्तीमा ४ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
- ललितपुर, ललितपुर महानगरपालिका-४ एकान्तकुना खरिबोटस्थित सडकमा बा.२ ख ३४८ नम्बरको बसले बा.७९ प ६५३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक काठमाडौं नैकाप बस्ने गोरखा घर भएका ३० वर्षीय सञ्जीव अधिकारीको मृत्यु भएको छ । शनिबार बिहान भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको अल्का अस्पतालमा उपचारको क्रममा शनिबार दिउसो मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- सर्लाही, बागमती नगरपालिका-१ पानी टयाङ्की चोकमा ना.७ ख ६३९१ नम्बरको टिपरले बा.६६ प ८४६० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार मलंगवा नगरपालिका-१० बस्ने २१ वर्षीय मोहमद कैफ मिकरानीको मृत्यु भएको छ । टिपरले शनिबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पताल बारामा थप उपचारको क्रममा शनिबार दिउसो मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- जुम्ला, तिला गाउँपालिका-४ भोटचौरस्थित सडकमा क.१ ह ३१ नम्बरको अटो दुर्घटना हुँदा चालक तातोपानी गाउँपालिका-७ सर्मि बस्ने ४४ वर्षीय रण बहादुर कुँवरको मृत्यु भएको छ । शुक्रबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो ।
- सिराहा, भगवानपुर गाउँपालिका-१ कल्याणपुरस्थित सडकमा सप्तरीबाट भगवानपुरतर्फ आउँदै गरेको म.प्र.०१-००५ प ५०५२ नम्बरको मोटरसाइकल शनिबार बिहान दुर्घटना हुँदा चालक सखुवानान्कारकट्टी गाउँपालिका-४ बस्ने २९ वर्षीय सुरेश कुमार यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद शेरचनले फेसबुकमा पोस्ट गरे राजीनामाको नमुना
-
आइतबार एमाले सचिवालय बैठक बस्ने
-
ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
-
पर्वतका मल्लद्वारा पाँचौँ पटक सगरमाथाको आरोहण
-
आराध्य बने ‘युसिमास च्याम्पियन अफ दी च्याम्पियन’
-
वैचारिक रूपमा स्पष्ट वैकल्पिक पार्टी अहिलेको आवश्यकता : मानुषी यमी भट्टराई