राजनीति
माओवादी आन्दोलनलाई चौबाटोमा छोडेर बाबुराम भाग्न पाउनुहुन्न : गंगानारायण श्रेष्ठ
सोमबार, १२ जेठ २०८२, १३ : ३३
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नयाँ नियुक्त सचिव गंगानारायाण श्रेष्ठले माओवादी आन्दोलनलाई चौबाटोमा छोडेर नभाग्न डा.बाबुराम भट्टराईलाई अपिल गरेका छन् । सोमबार ललितपुरस्थित ग्वार्कोमा भएको एकता सभामा बोल्दै उनले माओवादी आन्दोलनको स्वामित्वबाट नभाग्न अपिल गरेका हुन् ।
‘यो ऐतिहासिक सभाबाट म भन्न चाहन्छु– जनयुद्धको नेतृत्व गरेका उहाँ (बाबुराम) लाई अपिल गर्न चाहन्छु । माओवादी आन्दोलनलाई चौबाटोमा छोडेर कतै भाग्न पाउनुहुन्न । यसको स्वामित्व तपाईंले लिनैपर्छ । तपाईं जुनसुकै वादी भन्नोस् । तपाईंको पहिचान १० औँ हजारको रगत र बलिदानले बनेको हो । म गम्भीरतापूर्वक अपिल गर्न चाहन्छु’, उनले भने ।
निर्वाचनअघि पार्टी एकता गर्न भट्टराईले सहमति गरे पनि निर्वाचनपछि पूर्व सहमतिबाट पछि हटेको उनले आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण