आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय

सूर्यकुमारको अर्धशतक, पञ्जाबसामु १ सय ८५ रनको लक्ष्य

सोमबार, १२ जेठ २०८२, २१ : ४०
सोमबार, १२ जेठ २०८२

काठमाडाैँ। इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्ष स्थानका लागि भइरहेको भिडन्तमा मुम्बई इन्डियन्सले पञ्जाब किंग्स सामु जितका लागि १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । सोमबार जयपुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको हो ।

आजको खेलमा पुनः एकपटक सूर्यकुमार यादवले मुम्बईको इनिङ्सलाई सम्हाले । उनले ३९ बलमा ५७ रन बनाए । यस क्रममा उनले ६ चौका र २ छक्का प्रहार गरे ।
यसअघि, ओपनरद्वय रायन रिकेल्टन र रोहित शर्माले टोलीलाई राम्रो सुरुवात दिलाएका थिए । रिकेल्टनले २० बलमा २७ रन जोड्दै ५ चौका प्रहार गरे । शर्माले २१ बलमा २४ रन बनाउँदा २ चौका र १ छक्का हिर्काए ।

कप्तान हार्दिक पाण्ड्याले १५ बलमा २६ रनको योगदान दिए । उनले २ चौका र २ छक्का हिर्काए । खेलको अन्त्यतिर नमन धीरले तीव्र गतिमा रन बनाउँदै १२ बलमा २० रन जोडे । उनले २ चौका र २ छक्का हिर्काए । 

विल ज्याक्सले पनि मात्र ८ बलमा १७ रन बनाए । उनले २ चौका र १ छक्का हिर्काए ।पञ्जाबका लागि मार्को यानसेनले ४ ओभर बलिङ गर्दै ३४ रन खर्चेर २ विकेट लिए । अर्षदीप सिंह र विजय कुमार वैशकले पनि २–२ विकेट नै लिए । हरप्रित ब्रारले १ विकेट हात पारे ।

यी दुवै टोली प्रतियोगिताको प्ले–अफ चरणमा पुगिसकेका छन् । आजको खेलमा विजयी हुने टोली अंक तालिकाको पहिलो स्थानमा उक्लने छ । १३ खेलबाट १७ अंक बटुलेको पञ्जाब तालिकाको दोस्रो स्थानमा आसीन छ । 

पञ्जाबले हालसम्म आठ खेलमा जित र चार खेलमा हारको नतिजा निकालेको छ । पञ्जाबको एक खेल भने वर्षाका कारण अनिर्णीत रूपमा सकिएको छ । १४ खेलबाट १८ अंक बटुलेको गुजरात टाइटन्स तालिकाको पहिलो स्थानमा छ । सोमबारको खेलमा विजयी भए पञ्जाबको अंक १९ पुग्नेछ । 

अर्कोतिर, १३ खेलबाट १६ अंक जोडेको मुम्बई तालिकाको चौथो स्थानमा आसीन छ । मुम्बईले आठ जित र पाँच हारको नतिजा निकालेको छ । सोमबारको खेलमा विजयी भए मुम्बई पनि तालिकाको पहिलो स्थानमा उक्लने सम्भावना छ । 

पञ्जाबलाई हराए मुम्बईको अंक १८ पुग्नेछ । यस्तो स्थितिमा हाल तालिकाको पहिलो स्थानमा रहेको गुजरातसँग मुम्बईको अंक बराबरी हुनेछ । त्यसपछि नेट रन रेटमा मुम्बई तालिकाको पहिलो स्थानमा उक्लनेछ । हाल गुजरातको नेट रन रेट ०.२५४ र मुम्बईको नेट रन रेट १.२९२ रहेको छ ।

ICC CWC League 2, 2023-27 ICC CWC League 2, 2023-27

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप