पोखरा महानगर पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा
पोखरा । पोखरा महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । आज आयोजित एक कार्यक्रमबीच महानगर प्रमुख धनराज आचार्यले पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरेका हुन् ।
सरकारको प्राथमिकता प्राप्त खोप कार्यक्रमको प्रभावकारिता र दिगोपनाका लागि प्रत्येक वर्ष नगरभित्रका सबै बालबालिकाहरूले तोकिएका खोपहरू प्राप्त गरेको सुनिश्चिततासहित घोषणा गर्ने गरिन्छ ।
महानगर प्रमुख आचार्यले बालबालिकाहरूको सुरक्षित भविष्य निर्माणका लागि उनीहरूले प्राप्त गर्नुपर्ने सबै प्रकारका खोपहरूसहित स्वास्थ्यसम्बन्धी सेवाहरू समयमा उपलब्ध गराउनु पर्ने दायित्व प्रति प्रतिबद्ध रहेको बताए ।
बालबालिकाहरूका लागि आवश्यक खोप तथा पोषणका कार्यक्रम प्रभावकारी ढङ्गले सञ्चालन गर्न उनले स्वास्थ्यकर्मीहरूलाई निर्देशनसमेत दिए । महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले बालबालिकाहरूका लागि खोप प्रभावकारी र अत्यावश्यक कार्यक्रमका रूपमा सञ्चालन गरिएको बताइन् ।
पूर्ण खोप भन्नाले राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेरभित्रमा पाउनुपर्ने सबै खोपहरू, सबै बालबालिकाहरूले पूर्र्ण रूपमा लिएको एवं पछि तालिकामा अन्य खोपहरू थप भएमा सो समेत लिएको अवस्थालाई बुझिन्छ । पूर्ण खोप सुनिश्चितताका लागि १६ महिना देखि ५९ महिनासम्म उमेरका बालबालिकाहरूमा खोप अवस्थाको पहिचान र विश्लेषण गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द
-
१० प्रतिशत शय्या निःशुल्क कार्यान्वयनमा किचलो
-
स्वाद र सुगन्धले चर्चित जोरायले बासमती पुनः किसानको रोजाइमा
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण