विश्व क्रिकेटको अनौठो घटना : ४२७ रनको लक्ष्य पछ्याएको टोली २ रनमै अलआउट !
काठमाडौँ । विश्व क्रिकेटमा बेलाबखत गजबका घटना हुने गरेका छन् । यस्तै एउटा रमाइलो घटना इङ्ल्यान्डमा भएको छ । सुन्दा पनि अचम्म लाग्ने यो घटनाले अहिले सामाजिक सञ्जाल पनि मजैले तताएको छ ।
इङ्ल्यान्डको मिडलसेक्स काउन्टी लिगमा एक तल्लो डिभिजनको टोलीले क्रिकेटमा लज्जास्पद कीर्तिमान बनाएको छ । उक्त खेलमा रिचमन्ड क्रिकेट क्लबको चौथो–११ टोली चार सय २७ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको थियो ।
तर, उक्त टोलीले ५.४ ओभरमै अलआउट हुनुअघि दुई रनमात्र बनाउन सक्यो । उक्त खेल रिचमन्ड सीसी चौथो–११ र नर्थ लन्डन सीसी तेस्रो–११ टोलीबिच खेलिएको थियो । रिचमन्डको टोलीले टस जितेर पहिले बलिङ गर्ने निर्णय लियो ।
त्यसपछि नर्थ लन्डनको टोलीले निर्धारित ओभरमा चार सय २६ रनको विशाल योगफल तयार पार्यो । नर्थ लन्डनका लागि ओपनर ब्याट्सम्यान डेन सिमन्सले आक्रामक ब्याटिङ गर्ने एक सय ४० रन बनाएका थिए ।
अतिरिक्त रूपमा पनि नथ लन्डनले ९२ रन पाएको थियो । नर्थ लन्डनले अतिरिक्तमध्ये ६३ रन त वाइडबाट प्राप्त गरेको थियो । त्यसपछि रिचमन्डको टोली जवाफी ब्याटिङमा ओर्लिएको थियो ।
विशाल लक्ष्य पछ्याएको रिचमन्डको टोली ५.४ ओभरमै केवल दुई रन बनाउँदै अलआउट भयो । यसरी नर्थ लन्डनले खेल चार सय २४ रनले जित्यो । रिचमन्डका आठ ब्याट्सम्या त डक आउट भएर पेभेलियन फर्किएका थिए ।
रिचमन्डका लागि एकमात्र रन चौथो नम्बरमा क्रिज समाल्न आएका ब्याट्सम्यानले बनाएका थिए । रिचमन्डले एक रन भने वाइडबाट पाएको थियो । नर्थ लन्डनका बलर म्याट रोसनले पाँच विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण