नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि, कारोबार रकम ६ अर्ब
काठमाडौँ । नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भएको छ । मंगलबार नेप्से परिसूचक ०.८५ अङ्कले बढेर २६७५.६२ विन्दुमा पुगेको छ । सोमवार २.९७ अङ्कले घटेर २ हजार ६७७ विन्दुमा झरेको थियो ।
त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.८७ अङ्क बढेको छ । फ्लोट इन्डेक्स ०.१ अङ्कले घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३० अङ्कले बढेको छ ।मंगलबार कारोबारमा आएका ३१८ कम्पनीको १ करोड ४२ लाख ९९ हजार ३९४ कित्ता सेयर ६ अर्ब ५२ करोड ७८ लाख ३९ हजार ५८१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबारको कारोबारमा ७ अर्ब ५८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । मंगलबारको कारोबारमा ८५ कम्पनीको सेयर बढ्दा १६१ कम्पनीको सेयर मूल्य घटेको छ ।
१३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । जसमा बैङ्किङ र विकास बैङ्क उपसमूह सामान्य रूपमा सकारात्मक भएको हो । जसमध्येमा सबै भन्दा धेरै विकास बैङ्क उपसमूहको परिसूचक बढ्दा सबैभन्दा धेरै जीवन बीमाको घटेको छ ।
कारोबार रकममा आधारमा सबैभन्दा धरै युनिभर्सल पावर कम्पनीको ६३ करोड ५८ लाख १९ हजार बराबरको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण