१० बजे १० समाचार : भिजिट भिसा प्रकरणले संसद्मा हंगामा, गभर्नरविरूद्ध अर्को रिट

आज २०८२ जेठ १३ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
- भिजिट भिसा प्रकरण
विपक्षी दलहरूले संसदको अवरोध खुलाउन भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोग गठनलाई ‘बटम लाइन’ बनाएका छन् । तर सत्तापक्ष संसद् सबैको कुरा राख्ने थलो भएकाले विपक्षीले उठाएका सवालमा गृहमन्त्रीसहित सत्तापक्षका सांसदलाई बोल्न दिनुपर्ने अडानमा देखिएको छ ।
- गभर्नर नियुक्तिविरुद्ध रिट
गभर्नर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । मंगलबार अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले पौडेलको नियुक्ति बदरको माग गर्दै रिट दर्ता गरेका हुन् ।
- केदारनाथको भिर
पाँच वर्ष यता केदारनाथमा ज्यान गुमाउने यी प्रतिनिधि पात्र हुन् । यसरी कैयौँले ज्यान गुमाइसकेका छन् । कतिपय घाँस काट्ने क्रममा भिरबाट लडेर घाइते भएका छन् । छविस पाथीभेरा गाउँपालिका–६ लेकगाउँ, दनखालीकी ३६ वर्षीय धनादेवी बुढा पाँच वर्ष अघि सोही भिरबाट लडेर घाइते भइन् ।
- मन्त्रिपरिषद् बैठक
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु मंगलबार सार्वजनिक गरिएका छन् । आज सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
- हरित अर्थतन्त्रतर्फ नेपाल
नेपालमा विद्युतीय गाडीमार्फत ठुलो वैदेशिक लगानी भित्र्याउन सकिने देखिएको छ । ६५ देखि ७० प्रतिशतसम्म विद्युतीय गाडीको खपत हुन थालेसँगै यस क्षेत्रमा वैदेशिक लगानी आकर्षण गर्न सहज भएको हो ।
- विकास निर्माणमा बेथिति
सरकारले नागरिकको सुविधाका लागि विकास निर्माणको काम गर्दछ । बारामा भने मधेस प्रदेश सरकारले निर्माण गरेको संरचनाबाट नागरिकहरू सुविधाभन्दा धेरै सास्ती भोग्न बाध्य छन् ।
- रास्वपाको ‘कमान्डर’
सहकारी ठगी प्रकरणमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेको मुद्दा लम्बिने निश्चित भएपछि पार्टीभित्र जिम्मेवारी हेरफेरको प्रारम्भिक बहस सुरु भएको छ । लामो समययता रास्वपाका मुख्य पद ‘कार्यकारी जिम्मेवारी’का भरमा छन् ।
- कमोडिटी एक्सचेन्ज
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले १८ वर्षअघि वस्तु विनिमय बजार (कमोडिटी एक्सचेन्ज) सञ्चालन गर्ने घोषणा गरेको थियो । यद्यपि अहिलेसम्म बोर्डले कमोडिटी एक्सचेन्ज सञ्चालनमा ल्याउन सकेको छैन ।
- काठमाडौँ महानगर
सोमबार काठमाडौँ महानगरपालिकाका कार्यपालिका सदस्यहरूले मेयर बालेन्द्र शाहसँग महानगरपालिकाको कार्यपालिका बैठक बोलाउन माग गरे । महानगरका ४२ कार्यपालिका सदस्यमध्ये ४१ जनाले कार्यपालिका बैठक बोलाउन माग गरेका हुन् । त्यसरी माग गर्नेमा मेयर बालेनबाहेक सबै छन् ।
- विद्यालय शिक्षा विधेयक
सद्को शिक्षा समितिको आइतबारको बैठकमा दुई वटा विषयमा छलफल कार्यक्रम थियो । शिक्षा समिति सभापति अम्मरबहादुर थापाले बैठकको प्रारम्भमै निजी विद्यालयको लगानी के गर्ने भन्ने र प्रारम्भिक बाल विकास (ईसीडी) कति बर्से बनाउने भन्ने विषयमा छलफल केन्द्रित गराए । समिति सदस्यहरू आ–आफ्नो धारणा राखिसकेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले जवाफ दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पालिकाद्वारा किसानलाई अनुदानमा धानको बीउ वितरण
-
लिभरपुल कार आक्रमण : भीडभाडमा धेरै मान्छेको हत्या प्रयास गरेको आरोपमा ५३ वर्षीय व्यक्ति पक्राउ
-
लोकतन्त्र र प्रजातन्त्रमा प्रदेश सरकारको अटुट विश्वास छः मुख्यमन्त्री लामा
-
कप्तान जितेश र विराट चम्किएपछि लखनउविरुद्ध बैंग्लुरुको शानदार जित
-
१२ बजे, १२ समाचार : विकास निर्माणमा बेथितिदेखि रवि थुनामुक्त नभएपछि रास्वपामा कमाण्डरको खोजीसम्म
-
दुई वर्षमा २७ किलोमिटर पदमार्ग निर्माण