‘प्रश्न मन्त्रीज्यूमाथि उठेको छ, अनुसन्धान हुनुपर्छ’
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले मानव तस्करी र भिजिट भिसा प्रकरणबारे छानबिनको लागि उच्चस्तरीय आयोग गठनको माग गरेको छ।
- सांसद शिशिर खनालले गृहमन्त्रीसहित कर्मचारीमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अनुसन्धान गर्न माग गरे।
- भिजिट भिसा प्रकरणमा म्यानपावरदेखि एयरलाइन्ससम्म, कर्मचारीदेखि मन्त्रीसम्मको संलग्नता रहेको आरोप छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले मानव तस्करी र भिजिट भिसा प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै रास्वपा सांसद शिशिर खनालले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीसहितका कर्मचारीमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको हो ।
उनले भने, ‘यो कुनै एक कर्मचारीले नागरिकता बनाउन गएको बेला नागरिकसँग घुस मागेको विषय होइन । यो त म्यानपावरदेखि एयरलाइन्ससम्म, कर्मचारीदेखि मन्त्रीज्यूसम्मको सचिवालय जोडिएको छ । प्रश्न मन्त्रीज्यूमाथि उठेको छ । अनुसन्धान हुनुपर्छ । राजीनामा आउनुपर्छ । तर हामी राजीनामा मात्रै माग्दै छैनौँ । संगठित ढंगले गरिएको यो भ्रष्टाचारको निष्पक्ष अनुसन्धान हुनुपर्छ । संगठित अपराध र सम्पत्ति शुद्धीकरणसँग जोडिएर छानबिन गर्न एक उच्चस्तरीय छानबिन आयोग नबनेसम्म संसद् चल्न सक्दैन ।’
गृहमन्त्रीले राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले नाराबाजी गरेपछि मंगलबारको बैठक आधा घण्टाको लागि स्थगित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण