बिहीबार, १५ जेठ २०८२
ताजा लोकप्रिय
संसद् बैठक

विपक्षीकाे अवराेधपछि प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित

मङ्गलबार, १३ जेठ २०८२, १६ : ०६
मङ्गलबार, १३ जेठ २०८२

काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको छ । मङ्गलबार बिहान ११ बजे बसेको प्रतिनिधिसभा बैठकमा भिजिट भिसाको विषयलाई लिएर विपक्षी दलहरुले विरोध जनाएका थिए । त्यसपछि बैठक दिउँसो साढे दुई बजेसम्मका लागि स्थगित भएको थियो ।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति नबन्दासम्म सदन चल्न नदिने बताइरहेका छन् । बिहान बैठक सुरु हुने बित्तिकै विपक्षी सांसदहरूले उठेर विरोध जनाए ।

त्यसपछि बोलेका प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुन र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले घटनाको छानबिनका लागि उच्च स्तरीय छानबिन आयोग नबन्दासम्म संसद् चल्न नदिने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप