‘मानव तस्करलाई कारबाही गर’ भन्दै संसदमा लाग्यो नारा, तस्बिरहरू
सारांश
- विपक्षी सांसदहरूले मानव तस्करलाई कारबाहीको माग गर्दै संसदमा नाराबाजी गरे।
- विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिनको लागि उच्चस्तरीय समिति गठनको माग गरेका छन्।
- सभामुखले कांग्रेस सांसदलाई बोल्न समय दिएपछि विपक्षी सांसदहरूले नाराबाजी गर्दै बैठक आधा घण्टाका लागि स्थगित भयो।
काठमाडौँ । प्रतिपक्षी दलका सांसदहरूले सुन तस्करलाई कारबाही गरिनुपर्ने माग गर्दै संसदमा नारा लगाएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले कांग्रेस सांसद श्याम घिमिरेलाई सत्ता पक्षको तर्फबाट बोल्न समय दिएसँगै विपक्षी सांसदहरूले ‘मानव तस्करलाई कारबाही गर’ भन्दै नाराबाजी गरेका हुन् ।
_a2DSE5BipI.jpg)
यसअघि विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति नबन्दासम्म सदन चल्न नदिने बताएका थिए । प्रतिनिधिसभाको बैठक सुरु हुने बित्तिकै विपक्षी सांसदहरूले उठेर विरोध जनाए पछि सभामुख घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनलाई बोल्न दिए ।
_OV3knh5LQ5.jpg)
पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तीर्थराज भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनको दायरामा राखेको र त्यो विषयमा गृहमन्त्री रमेश लेखकको सचिवालय पनि जोडिएको देखिएकाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गरे ।
पुनको भनाइ सकिएपछि पनि विपक्षी सांसदहरू उठेपछि सभामुख घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाललाई बोल्न समय दिए । उनले पनि गृहमन्त्रीले मार्ग प्रशस्त गर्न माग गर्दै उच्च स्तरीय छानबिन समिति नबन्दासम्म सदन चल्न नसक्ने बताए ।
तर, त्यसपछि पनि सभामुखले कांग्रेस सांसद घिमिरेलाई बोल्न समय दिएसँगै विपक्षीले नाराबाजी सुरु गरेका थिए । लगत्तै सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।
_e7lhT2af40.jpg)
_0JiBSRJ6Sh.jpg)
_PG11sEbTaX.jpg)
_daRkUmPyT2.jpg)
_cvgrI30Fcu.jpg)
_FMyrqzwLLu.jpg)
_wASb6j14T7.jpg)
_gRNrKwaYTC.jpg)
_VAdkn3kAtk.jpg)
_U7OLLgXTSW.jpg)
_DExtuifHpv.jpg)
_Aa8xVQBDrj.jpg)
_bZ2hd5wGTH.jpg)
_bTLiklJboS.jpg)
_EKFnFMzx8w.jpg)
_sa6XZd0WMn.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण