‘मानव तस्करलाई कारबाही गर’ भन्दै संसदमा लाग्यो नारा, तस्बिरहरू
_cvgrI30Fcu.jpg)
समाचार सारांश
- विपक्षी सांसदहरूले मानव तस्करलाई कारबाहीको माग गर्दै संसदमा नाराबाजी गरे।
- विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिनको लागि उच्चस्तरीय समिति गठनको माग गरेका छन्।
- सभामुखले कांग्रेस सांसदलाई बोल्न समय दिएपछि विपक्षी सांसदहरूले नाराबाजी गर्दै बैठक आधा घण्टाका लागि स्थगित भयो।
काठमाडौँ । प्रतिपक्षी दलका सांसदहरूले सुन तस्करलाई कारबाही गरिनुपर्ने माग गर्दै संसदमा नारा लगाएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले कांग्रेस सांसद श्याम घिमिरेलाई सत्ता पक्षको तर्फबाट बोल्न समय दिएसँगै विपक्षी सांसदहरूले ‘मानव तस्करलाई कारबाही गर’ भन्दै नाराबाजी गरेका हुन् ।
यसअघि विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति नबन्दासम्म सदन चल्न नदिने बताएका थिए । प्रतिनिधिसभाको बैठक सुरु हुने बित्तिकै विपक्षी सांसदहरूले उठेर विरोध जनाए पछि सभामुख घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनलाई बोल्न दिए ।
पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तीर्थराज भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनको दायरामा राखेको र त्यो विषयमा गृहमन्त्री रमेश लेखकको सचिवालय पनि जोडिएको देखिएकाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गरे ।
पुनको भनाइ सकिएपछि पनि विपक्षी सांसदहरू उठेपछि सभामुख घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाललाई बोल्न समय दिए । उनले पनि गृहमन्त्रीले मार्ग प्रशस्त गर्न माग गर्दै उच्च स्तरीय छानबिन समिति नबन्दासम्म सदन चल्न नसक्ने बताए ।
तर, त्यसपछि पनि सभामुखले कांग्रेस सांसद घिमिरेलाई बोल्न समय दिएसँगै विपक्षीले नाराबाजी सुरु गरेका थिए । लगत्तै सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गलादेशमा राजनीतिक प्रदर्शनले दैनिक जीवन अस्तव्यस्त
-
गाजामा हमास नेताको मृत्यु भएको इजरायलको दाबी
-
मुख्यमन्त्रीद्वारा लगानी सम्मेलनबारे छलफल
-
तरुण दल लमजुङको अधिवेशनमा खुकुरी हान्ने एक जना पक्राउ
-
१० बजे, १० समाचार : अफताव आलम रिहादेखि प्रचण्डलाई प्रधानमन्त्री ओलीको फोनसम्म
-
झारफुक गर्ने बहानामा बाल यौन दुर्व्यवहार गर्ने एक जना पक्राउ