आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय

भारतको मणिपुरमा भूकम्पका दुई झट्का

बुधबार, १४ जेठ २०८२, १२ : १४
बुधबार, १४ जेठ २०८२

समाचार सारांश

  • मणिपुरमा दुई पटक भूकम्प गएको थियो, पहिलो ५.२ म्याग्निच्युडको र दोस्रो २.५ म्याग्निच्युडको थियो।
  • पहिलो भूकम्प चुराचन्दपुर जिल्लामा गएको थियो भने दोस्रो नोनी जिल्लामा गएको थियो।
  • भूकम्पका कारण मानवीय क्षति नभए पनि मानिसहरु त्रसित भई घरबाट बाहिर निस्किए।

नयाँ दिल्ली ।  भारतको मणिपुरमा आज भूकम्पका दुई झट्का महसुस गरिएको छ । भूकम्पको तीव्रता रेक्टर स्केलमा २ दशमलव ५ र ५दशमलव २ मापन गरिएको थियो । भूकम्पको झट्का महसुस गरेपछि मानिसहरू आत्तिँदै घरबाट बाहिर निस्किएका थिए ।

राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) का अनुसार मे २८ मा भारतीय समयअनुसार बिहान १ः५४ बजे मणिपुरको चुराचन्दपुर जिल्लामा ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको थियो । यस भूकम्पको केन्द्रबिन्दु २४ दशमलव ४६ उत्तर अक्षांश र ९३ दशमलव ७० पूर्वी देशान्तरमा ४० किलोमिटर गहिराइमा थियो । यसको केही समयपछि, मणिपुरमा दोस्रो पटक भूकम्पका झट्का महसुस गरियो । 

एनसीएसका अनुसार, मणिपुरको नोनी जिल्लामा बिहान २ः२६ बजे २ दशमलव ५ म्याग्निच्युडको अर्को हल्का भूकम्प गएको थियो । यस भूकम्पको केन्द्र नोनी जिल्लामा २४ दशमलव ५३ उत्तर अक्षांश र ९३ दशमलव ५० पूर्वी देशान्तरमा थियो, जसको गहिराइ २५ किलोमिटर थियो ।

यद्यपि, यस भूकम्पबाट जनधनको क्षतिको कुनै समाचार आएको छैन । तर, लगातार दुई भूकम्पका कारण मणिपुरका मानिसहरू आत्तिएर घरबाट बाहिर निस्किएका चाहिँ थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप