प्रिमियर लिगको खेल तालिका जुन १८ मा
सारांश
- इङ्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनको खेल तालिका जुन १८ मा सार्वजनिक हुनेछ।
- नयाँ सिजन अगस्ट १५ मा सुरु भई २०२६ को मे २४ मा अन्तिम खेल हुनेछ।
- पछिल्लो सिजन लिभरपुलले उपाधि जित्यो, आर्सनल दोस्रो भयो।
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनका लागि आगामी जुनको मध्यमा खेल तालिका सार्वजनिक गरिने भएको छ । समाचारमा जनाइए अनुसार, जुन १८ तारिखमा अगामी सिजनका लागि तीन सय ८० खेलकै तालिका सार्वजनिक गरिनेछ ।
प्रिमियर लिगको नयाँ सिजन भने आगामी अगस्त १५ तारिखमा सुरु हुनेछ । सिजनको अन्तिम खेल सन् २०२६ को मे २४ तारिखमा खेलिने समाचारमा जनाइएको छ । नयाँ तालिका सार्वजनिक गर्दा अन्तर्राष्ट्रिय तालिका लगायतका विषयलाई पनि ध्यानमा राखिने बताइएको छ ।
अघिल्लो सिजन पनि प्रिमियर लिगले चेल्सी र उल्भसबिचको खेललाई लिएर ब्यापक आलोचनाको सामना गर्नु परेको थियो । उक्त खेल सन् २०२३ को डिसेम्बर २४ तारिखमा क्रिसमसको अवसर पारेर राखिएकोले समर्थक रुष्ट बनेका थिए ।
पछिल्लो सिजनको प्रिमियर लिग भर्खरै सकिएको छ । यो प्रिमियर लिगको उपाधि लिभरपुलले जितेको छ । लिभरपुलले ३८ खेलबाट ८४ अंक बटुल्दै उपाधि हात पारेको हो । आर्सनल दोस्रो भएको थियो । आर्सनलले ३८ खेलबाट ७४ अंक जोड्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण