शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय

कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ५७ अर्ब ४८ करोड बजेट

बिहीबार, १५ जेठ २०८२, १५ : ५२
बिहीबार, १५ जेठ २०८२

काठमाडौँ । सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ५७ अर्ब ४८ करोड बजेट विनियोजन गरेको छ ।

बिहीबार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उक्त जानकारी दिए । ‘कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ५७ अर्ब ४८ करोड बजेट विनियोजन गरेको छु,’ मन्त्री पौडेलले भने ।

साथै कृषि क्षेत्रको विकासका लागि उत्पादन र उत्पादकत्वमा जोड दिइने र निर्यात प्रवर्द्धनमा जोड दिइने बताए । यसैगरी बीमा कार्यक्रममा साना तथा मझौला किसानलाई समावेश गरिनेसमेत बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप