कोशी राजमार्ग बाढीले बगायो, यातायात अवरुद्ध
शनिबार, १७ जेठ २०८२, ०८ : ४८
सारांश
- अविरल वर्षापछि लेउती खोलामा आएको बाढीले कोशी राजमार्गको धरान-धनकुटा सडकखण्ड बगायो।
- सागुरीगढी गाउँपालिका-६ फेदीको १०० मिटर सडक बाढीले बगाएको र यातायात अवरुद्ध भएको छ।
- सडक अवरोधका कारण पूर्वी तराईबाट धनकुटा हुँदै भोजपुर लगायतका जिल्लाहरुमा यातायात ठप्प भएको छ।
धनकुटा । आज बिहान परेको अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड बगाएको छ ।
बाढीले साागुरीगढी गाउँपालिका–६ स्थित फेदीको १०० मिटर सडक बगाएको मूलघाट प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक टङ्क थापाले जानकारी दिए । यातायात सञ्चालनका लागि सडक डिभिजन कार्यालय धनकुटासँग समन्वय भइरहेको थापाले जानकारी दिए ।
सडक अवरोध हुँदा कोशी राजमार्ग र तमोर करिडोर भएर पूर्वी तराईबाट धनकुटा हुँदै भोजपुर, सङ्खुवासभा, ताप्लेजुड, पाँचथर यातायात ठप्प भएको छ । चुरे पहाडको फेदीमा रहेको यस सडकखण्डमा हरेक वर्षको बाढी र पहिरोले अवरोध हुनेगरेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण