आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय

कोशी राजमार्ग बाढीले बगायो, यातायात अवरुद्ध

शनिबार, १७ जेठ २०८२, ०८ : ४८
शनिबार, १७ जेठ २०८२

समाचार सारांश

  • अविरल वर्षापछि लेउती खोलामा आएको बाढीले कोशी राजमार्गको धरान-धनकुटा सडकखण्ड बगायो।
  • सागुरीगढी गाउँपालिका-६ फेदीको १०० मिटर सडक बाढीले बगाएको र यातायात अवरुद्ध भएको छ।
  • सडक अवरोधका कारण पूर्वी तराईबाट धनकुटा हुँदै भोजपुर लगायतका जिल्लाहरुमा यातायात ठप्प भएको छ।

धनकुटा । आज बिहान परेको अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड बगाएको छ ।

बाढीले साागुरीगढी गाउँपालिका–६ स्थित फेदीको १०० मिटर सडक बगाएको मूलघाट प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक टङ्क थापाले जानकारी दिए । यातायात सञ्चालनका लागि सडक डिभिजन कार्यालय धनकुटासँग समन्वय भइरहेको थापाले जानकारी दिए ।

सडक अवरोध हुँदा कोशी राजमार्ग र तमोर करिडोर भएर पूर्वी तराईबाट धनकुटा हुँदै भोजपुर, सङ्खुवासभा, ताप्लेजुड, पाँचथर यातायात ठप्प भएको छ । चुरे पहाडको फेदीमा रहेको यस सडकखण्डमा हरेक वर्षको बाढी र पहिरोले अवरोध हुनेगरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप