शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय

आलमको मुद्दामा फैसला गर्ने न्यायाधीशमाथि छानबिनको माग गर्दै उजुरी

शुक्रबार, १६ जेठ २०८२, १३ : १३
शुक्रबार, १६ जेठ २०८२

समाचार सारांश

  • युवराज सफलले पूर्वमन्त्री अफताब आलमलाई सफाइ दिने न्यायाधीशमाथि छानबिनको माग गर्दै न्याय परिषद्मा उजुरी दिएका छन्।
  • उच्च अदालत जनकपुरको फैसलामा डा. खुसीप्रसाद थारु र अर्जुन महर्जन संलग्न थिए, जसले आलमलाई सफाइ दिए।
  • सफलले पीडितलाई न्याय दिनुपर्ने र न्यायिक प्रक्रियामा अवरोध भएको भन्दै दुवै अदालतको आदेशको न्यायिक परीक्षणको माग गरेका छन्।

काठमाडौँ । आफूलाई देशभक्त नागरिकका रूपमा चिनाउँदै आएका युवराज सफलले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलमलाई सफाइ दिने न्यायाधीशमाथि छानबिनको माग गर्दै शुक्रबार न्याय परिषद्‍मा उजुरी दिएका छन् । 

उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले केही दिनअघि कर्तव्य ज्यान मुद्दामा आलमलाई सफाइ दिने फैसला गरेको थियो । सो फैसला सुनाउन न्यायाधीशद्वय डा खुसीप्रसाद थारु र अर्जुन महर्जन संलग्न थिए । 

तर, सफलले उक्त फैसलामाथि न्यायिक परीक्षण गर्न माग गरेका छन्। उनले पीडितलाई न्याय दिने जिल्ला अदालतको ऐतिहासिक आदेश उल्टाएर पीडित, साक्षी र प्रत्यक्षदर्शीहरूको सुरक्षामा समेत गम्भीर खतरा उत्पन्न भएको दाबी गरेका छन्।

उजुरीमा उनले उच्च अदालतको संयुक्त इजलासका न्यायाधीशद्वय  थारु र  महर्जनले आलमलाई सफाइ दिने गरी गरेको फैसलाले पीडितलाई अन्याय पुर्‍याएको र अब न्यायिक प्रक्रियामै अवरोध सिर्जना भएको उल्लेख गरेका छन्। 

साथै, जिल्ला अदालत र उच्च अदालत दुवै तहमा भएका आदेश र मिसिल झिकाएर न्यायिक परीक्षण गर्नुपर्ने र सम्बन्धित न्यायाधीशद्वयलाई तत्काल निलम्बन गरी विभागीय छानबिनको प्रक्रिया अघि बढाउनुपर्ने माग राखेका छन्।

पौडेलको मागअनुसार, आलमलाई जन्मकैदको सजाय दिने जिल्ला अदालत र त्यसलाई उल्टाउने उच्च अदालतका आदेशहरूको विस्तृत अध्ययन गरी न्याय परिषद्ले आवश्यक निर्णय लिनुपर्ने उल्लेख छ।

न्याय परिषद्का अधिकारीहरूले यसबारे कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्। तर, सफलले भने आफूले उजुरी दिएको पुष्टि गर्दै यसबारे छानबिन हुने विश्वास व्यक्त गरे । 

f3f1609a-122f-425a-bbca-33ce24a2b92a

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप