आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय
माैसम पूर्वानुमान

कोशी प्रदेशमा मनसुनको प्रभाव, अन्य प्रदेशको मौसम कस्तो रहला ?

शनिबार, १७ जेठ २०८२, ०५ : २७
शनिबार, १७ जेठ २०८२

समाचार सारांश

  • मौसम विज्ञान विभागका अनुसार देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ।
  • कोशी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ, भने कोशीसहित पहाडी भूभागमा वर्षाको सम्भावना छ।
  • कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना छ।

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ।

महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। 

आज दिउसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशका केही स्थानहरूमा, मधेस प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको एक–दुई स्थानमा धेरै वर्षाको समेत सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

आज राति कोशी र मधेस प्रदेशको केही स्थानहरू तथा बाँकी पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशको एक–दुई स्थानमा धेरै वर्षाको समेत सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

 कोशी र मधेस प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप