शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय

सेनाको बंकरदेखि ब्यारेक कार्यक्रम निरन्तर, प्रहरीलाई सक्षम बनाउने घोषणा

बिहीबार, १५ जेठ २०८२, १६ : ५९
बिहीबार, १५ जेठ २०८२

काठमाडौँ । नेपाली सेनाले सञ्चालन गर्दै आएको बंकरदेखि व्यारेक कार्यक्रमलाई निरन्तरता दिइएको छ । अर्थमन्त्री विष्णु पौडेलले सङ्घीय संसद्को दुवै सदनमा आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै सो कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरेका हुन् । 

सुरक्षा निकायहरूलाई स्रोत साधन सम्पन्न बनाइने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले भने, ‘बंकरदेखि ब्यारेक कार्यक्रमलाई निरन्तरता दिइनेछ ।’ 

नेपाल प्रहरीलाई शान्ति सुरक्षा र अपराध अनुसन्धान गर्न सक्षम तुल्याइने पौडेलले घोषणा गरेका छन् । सशस्त्रलाई सीमा सुरक्षा, विपद् व्यवस्थापन र शान्ति सुरक्षामा परिचालन गर्ने उल्लेख गर्दै पौडेलले राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान गर्ने क्षमता विस्तार गरिने बताए । 

राष्ट्रिय सेवा दलको प्रभावकारिता बिस्तार गरिने अर्थमन्त्रीले घोषणा गरेका छन् । पौडेलले खुल्ला कारागारको अवधारणा कार्यान्वयन गर्दै लगिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप