निजी क्षेत्रको मनोबल उकास्ने खालको बजेट आएको छ : पूर्वअध्यक्ष अग्रवाल
सारांश
- नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष विष्णु अग्रवालले नयाँ बजेट स्वागतयोग्य रहेको बताए।
- उनले निजी क्षेत्रको मनोबल उकास्ने र लगानी आकर्षण गर्ने खालको बजेट रहेको बताए।
- राजस्व वृद्धिका लागि लगानी र उत्पादन आवश्यक रहेको र औद्योगिक क्षेत्रको विकासका लागि बजेट सकारात्मक रहेको उनको भनाइ छ।
काठमाडौँ । नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष विष्णु अग्रवालले नयाँ बजेट स्वागतयोग्य रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पोष्ट बजेट छलफल कार्यक्रममा उनले निजी क्षेत्रको मनोबल उकास्ने खालको बजेट आएकाले स्वातगत योग्य रहेको बताए ।
लगानी आकर्षण गर्नका लागि यो बजेट निकै स्वागत योग्य रहेको उनको भनाइ छ । राजस्वको लक्ष्य प्राप्तिका लागि पनि उत्पादन वृद्धि आवश्यक रहेको उनले बताए ।
‘राजस्व वृद्धिका लागि लगानी र उत्पादन हुन आवश्यक रहेको छ,’ उनले भने । विदेशमा लगानी गर्ने कुराहरु पनि काम भइरहेको अवस्थामा निजी क्षेत्रमा उत्साह बढेको उनले उल्लेख गरे ।
औद्योगिक क्षेत्रको विकासका लागि बजेट सकारात्मक रहेको उनले बताए । भन्सारको विषयमा पनि ध्यान दिनु पर्ने आवश्यकता रहेको उनको भनाइ छ ।
ऊर्जा क्षेत्र नेपालका लागि निकै महत्वपूर्ण क्षेत्र भएकोले यसमा ओभरसाइट भएको अवस्था रहेका कारण सरकारले सरकारले पनि सोच्नु पर्ने आवश्यकता रहेको उनले बताए । यो क्षेत्रलाई अघि बढाउन सजह खालको नीति आवश्यक रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण