आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय

अख्तियारका डीआईजी श्रेष्ठको सरुवा रोकियो, ओम रानालाई रानीपोखरीमा पदस्थापन

शुक्रबार, १६ जेठ २०८२, २३ : ३५
शुक्रबार, १६ जेठ २०८२

समाचार सारांश

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डीआईजी हिमालय कुमार श्रेष्ठको सरुवा रोकिएको छ। गृह मन्त्रालयले उनको सरुवा अवधी नपुगेको जनाएको छ।
  • डीआईजी ओम बहादुर रानालाई उपत्यका प्रहरी कार्यालयमा पदस्थापन गर्ने निर्णय भएको छ। यसअघि रानालाई अख्तियारमा पदस्थापन गर्ने पत्र बाहिरिएको थियो।
  • प्रहरी प्रवक्ताका अनुसार श्रेष्ठ अख्तियारमै रहनेछन् भने राना रानीपोखरीमा खटिनेछन्। श्रेष्ठ ६ महिनादेखि अख्तियारमा कार्यरत छन्।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डीआईजी हिमालय कुमार श्रेष्ठको सरुवा रोकिएको छ । अबधि नपुगेको भन्दै उनको सरुवा थमौती गरिएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई जानकारी दिए ।  

भर्खरै बढुवा भएका डीआईजी ओम बहादुर रानालाई उपत्यका प्रहरी कार्यालयमा पदस्थापन गर्ने निर्णय गरिएको छ । यसअघि रानालाई अख्तियारमा पदस्थापन गरेर श्रेष्ठलाई उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको पत्र बाहिरिएको थियो । 

प्रहरी प्रवक्ता (एसएसपी) रमेश थापाले श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुख्य कार्यालय टंगाल र रानालाई रानीपोखरीमा कामकाज गर्नेगरी खटाउने निर्णय गरिएको जानकारी दिए । 

1b712a85-087b-4bc4-8cf9-2289e48d33d1 (1)

श्रेष्ठ ६ महिनादेखि अख्तियारमा कार्यरत छन् । बढुवा समितिको सिफारिसको आधारमा जेठ १३ मा राना सहित ११ जनालाई गृहमन्त्री रमेश लेखकले डीआईजीमा बढुवा गर्ने निर्णय गरेका थिए । 

यससँगै हिमालय कुमार श्रेष्ठलाई रानीपोखरीमा सरुवा गरेपछि भिटिज भिसा प्रकरणमा अनुसन्धान गरिरहेको अवस्थामा सरुवा गरिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो । 

आलोचना बढेपछि गृहमन्त्री रमेश लेखकले पुनः अर्को निर्णय गरेर श्रेष्ठलाई थमौती गरेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप