‘ऊनको स्वीटर’ को तेस्रो सातासम्मको आम्दानी कति ?

काठमाडौँ । फिल्म ‘ऊनको स्वीटर’ प्रदर्शनको चौथो सातामा प्रवेश गरेको छ । फिल्मले तेस्रो सातासम्म राम्रो व्यवसाय गर्दै चौथो सातामा प्रवेश गरेको हो ।
आर्टमाण्डू नेपालको ब्यानरमा निर्माण भएको फिल्मले तेस्रो सातासम्म देशव्यापी रूपमा १० करोड ५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ । प्रदर्शनको चौथो हप्तामा प्रवेश गरिसक्दा पनि फिल्मले देशभर १०० भन्दा बढी शो पाएको छ ।
नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको चलचित्रले रिलिजको पहिलो दिनदेखि नै सकारात्मक प्रतिक्रियासहित दर्शकको साथ पाउँदै आएको छ ।
फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सनविक्रम राई, सुरज तमु, भावना खपाङ्गीमगर र सुनील पोखरेलको अभिनय छ ।
हालसम्म फिल्मको ओभरसिज कलेक्सन सार्वजनिक गरिएको छैन । तर विदेशमा पनि फिल्मले राम्रो प्रदर्शन गरिरहेको बताइन्छ । देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजले फिल्मको व्यापारको आधारमा सुपरहिटको ट्याग दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीको ‘राइड सेयरिङ’को विरोधमा सुदूरपश्चिमका यातायात व्यवसायी
-
समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ
-
मंगलबार संघीय निजामती सेवा विधेयक पेस गर्ने तयारी
-
भोलिदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने यातायात व्यवसायीको घोषणा
-
केपी ओली नेतृत्वको सरकारको गफ गर्ने बाहेक कुनै हैसियत छैन : प्रचण्ड
-
क्वालिफायर–२ मा वर्षा बाधक, खेल हुन नसके के हुन्छ ?