मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय

सोमबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

सोमबार, १९ जेठ २०८२, ०५ : २७
सोमबार, १९ जेठ २०८२

वि.सं.२०८२ साल जेष्ठ १९ गते । सोमबार । ईश्वी सन् २०२५ जुन २ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । ग्रिख्म ऋतु । श्रीशाके १९४७ । जेष्ठ शुक्लपक्ष । तिथि–सप्तमी, ४८ घडी १३ पला, रातको १२ बजेर २७ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–मघा, ५४ घडी १९ पला, रातको २ बजेर ५४ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग–व्याघात, १८ घडी ५८ पला, दिउसो १२ बजेर ४५ मिनेट उप्रान्त हर्षण । करण–गर, दिउसो १२ बजेर २१ मिनेट उप्रान्त वणिज, रातको १२ बजेर २७ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–ध्वांक्ष योग । चन्द्रराशि–सिंह ।
काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर १० मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ५४ मिनेट । दिनमान ३४ घडी २० पला ।

आजको बार बेला ।  
बिहान ५ बजेर १० मिनेटसम्म अमृत बेला ।
बिहान ५ बजेर ११ मिनेटदेखि बिहान ६ बजेर ५३ मिनेटसम्म काल बेला ।
बिहान ६ बजेर ५४  मिनेटदेखि बिहान ८ बजेर ३६ मिनेटसम्म शुभ बेला ।
बिहान ८ बजेर ३७ मिनेटदेखि बिहान १० बजेर १९ मिनेटसम्म रोग बेला ।
बिहान १० बजेर २० मिनेटदेखि बिहान १२ बजेर २ मिनेटसम्म उद्धेग बेला ।
मध्यान्ह १२ बजेर ३ मिनेटदेखि दिउसो १ बजेर ४५ मिनेटसम्म चर बेला ।
दिउसो १ बजेर ४६ मिनेटदेखि दिउसो ३ बजेर २८ मिनेटसम्म लाभ बेला ।
दिउसो ३  बजेर २९ मिनेटदेखि बेलुकी ५ बजेर ११ मिनेटसम्म अमृत बेला ।
बेलुकी ५ बजेर १२ मिनेटदेखि बेलुकी ८ बजेर ११ मिनेटसम्म चर बेला ।
नोट:शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
बिहान ६ बजेर ५३ मिनेटदेखि बिहान ८ बजेर ३६ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट: राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहूर्त
बिहान ३ बजेर ३४ मिनेटदेखि बिहान ४ बजेर २२ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
पति पत्नी बीचको सुमधुर  सम्बन्धले दाम्पत्य जीवन सुखद रहनेछ । सन्तान तथा आफन्तको सहयोगले प्रभावशाली काम बन्नेछ  । नोकरीमा समाजोपयोगी काम गर्न सकिने हुनाले सर्वत्र प्रशंसा हुनेछ । अध्ययनको सवालमा लामो दुरीको यात्राको योग रहेको छ । साथीभाइ तथा आफन्तसँगको भेटले मन प्रसन्न हुनेछ । व्यापार वा सेयरबजारबाट राम्रो नाफा कमाउन सकिनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा शैक्षिक क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ भने जीवन साथीको सहयोग रहनेछ । आफन्तसँग लामो समयपछि भेट हुँदा मन प्रसन्न हुनेछ ।  

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) छोटो दुरीको परिणाममुखी यात्राको तय हुनेछ भने खेलकुद तथा अन्य क्रियाकलापमा समय दिनेहरूले राम्रो सफलता प्राप्त गर्न सक्नेछन् । उद्योग, व्यापार वा सेयरबजारमा लगानी बढाई भनेजस्तो नाफा कमाउन सकिनेछ । माया प्रेमको गाँठो कसिलो हुनुको साथै दाम्पत्य जीवन सुखी रहनेछ । दाजुभाइ तथा अन्य इष्टमित्रबाट सहयोग हुने हुँदा मन खुसी रहनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अध्ययनमा प्रतिस्पर्धीहरू हार खानेछन् । परिवारका साथ रमाइलो वातावरण तथा हाँस खेलमा समय बित्नेछ । खाद्यान्न, निर्माण सामाग्री तथा अटो पार्ट्सको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । बैक तथा वित्तीय क्षेत्र, इन्सुरेन्स तथा सेयर बजारको लगानीबाट आम्दानी गर्न सकिनेछ । समयमा स्रोत साधन तथा भौतिक सम्पत्ति जुट्नाले चाहेको काम सहजै सम्पादन गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ । नौलो प्रकृतिको काम गरेर आम्दानीका स्रोत बढाउन सकिनेछ भने व्यापार वा सेयर बजारमा आजको दिन लगानी गर्नाले पछिसम्म लाभ मिल्नेछ । पारिवारिक जमघट वा घर परिवारमा आफन्तसँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुनाले सबै खुसी रहनेछन् । तपाईँबाट राम्रा काम हुने हुनाले परिवार तथा साथीभाइहरू खुसी हुनेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समय राम्रो रहेकोले विदेशी  सामानको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । विदेशी लगानीबाट सञ्चालित संस्थामा काम पाइने वा काम वा अध्ययनको सवालमा विदेश यात्राको प्रबल सम्भावना रहेको छ । खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । तर पनि राज्यसँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला जरिवाना तिर्नु पर्ने हुन सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आत्मबल कमजोर हुनाले बन्न लागेको काम पनि बिग्रनेछ । काम गर्दिन्छन् कि भनेर अरूको आसा नगर्नुहोला । व्यापारमा प्रशस्त समय खर्चिए पनि उचित मूल्य पाइने छैन । अर्थ अभावले कामहरू प्रभावित हुनेछन् । बुवा तथा बुवा सरहका व्यक्तिहरूको धन सम्पत्ति प्रयोग गर्दा ख्याल गर्नुहोला । आफन्त तथा दाजुभाइसँग सामान्य कुरामा मनमुटाब बढ्ने योग रहेको छ भने अध्ययनमा सफलता प्राप्त गर्न निकै समय खर्चिनु पर्नेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)  राज्य भावमा गोचर गर्ने शुभ चन्द्रमाको प्रभावले सामाजिक क्षेत्रमा राम्रा काम गरि नाम कमाउन सकिनेछ । मित्र तथा आफन्तको सहयोग पाइने हुनाले दैनिकी सहज रूपमा बित्नेछ । सङ्गीत तथा फिल्मी क्षेत्रमा केही समय व्यतीत हुनेछ । नयाँ काम पाइने तथा नोकरीमा पदोन्नतिको गतिलो योग रहेको छ । व्यापार वा वित्तीय क्षेत्रको लगानीबाट लाभ लिन सकिनेछ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ । प्रेमिल जोडीहरूका लागी समयले साथ दिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) लामो समयदेखि रोकिएका कामहरू बन्नुको साथै गरिरहेको कामबाट मनग्गे आम्दानी हुनेछ । आफन्त तथा जीवन साथीको साथ पाइने हुनाले मन प्रसन्न हुनेछ । समाजमा तारिफयोग्य काम गरी नाम कमाउन सकिनेछ भने सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्नेछ । उच्च शिक्षाको लागी लामो दुरीको यात्रा हुनेछ । व्यापारबाट मनग्गे आम्दानी गर्न सकिनेछ भने घरायसी सुख सुविधा भरपुर मात्रामा प्रयोग गर्न पाइनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययनमा मन जाने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । व्यापार व्यवसायमा वृद्धि हुनेछ भने आम्दानीका नयाँ स्रोतहरू फेला पार्न सकिनेछ । नसोचेको धन तथा सम्पत्ति हात लागी हुने योग रहेको छ । वित्तीय क्षेत्र वा सेयर बजारको लगानीबाट नाफा कमाउन सकिनेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै मनग्गे धन आर्जन गर्न सकिनेछ । लामो दुरीको यात्रा हुने योग रहेको छ । आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) उद्योग, सेयर बजार तथा व्यापारमा लगानी गरि नाफा कमाउन सकिनेछ । बहुमूल्य धातु सङ्ग्रह गर्न सकिने समय रहेको छ । शुभ चिन्तकहरूको सहयोग तथा सद्भाव पाइने हुनाले समयमा नै कामहरू सम्पन्न हुनेछन् । भौतिक सम्पत्ति तथा विलासी वस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । बन्धु बान्धवहरूको सहयोग तथा समर्थन पाइने हुनाले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अदालत तथा न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईँ आफ्नै पक्षमा हुनेछन् । पढाइ लेखाइमा अरूभन्दा अग्रपंक्तिमा तपाईँको नाम आउने तथा विजयको योग रहेको छ । व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । माया प्रेममा सामीप्य बढ्नेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ ।

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप