७० वर्ष पुग्दै रोजर बिन्नी, नयाँ अध्यक्षको खोजीमा बीसीसीआई

समाचार सारांश
- भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) नयाँ अध्यक्षको खोजीमा छ, किनकि वर्तमान अध्यक्ष रोजर बिन्नी जुलाई १९ मा सेवानिवृत्त हुँदैछन्।
- रोजर बिन्नी २०२२ देखि अध्यक्ष थिए र उनको उमेर ७० वर्ष पुगेपछि पदमा रहन नसक्ने भएका हुन्।
- राजीव शुक्ला, जो हाल उपाध्यक्ष छन्, उनलाई कार्यकारी अध्यक्ष बनाइने सम्भावना रहेको छ, र सेप्टेम्बरमा नयाँ अध्यक्ष चयन हुनेछ।
काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) नयाँ अध्यक्षको खोजीमा जुटेको छ । बीसीसीआईका वर्तमान अध्यक्ष रोजर बिन्नी आगामी जुलाई १९ तारिखमा सेवानिवृत्त हुँदैछन् ।
रोजर बिन्नी सन् २०२२ देखि बीसीसीआईको अध्यक्ष रहँदै आएका छन् । तर, आगामी जुलाई १९ तारिखमा उनको उमेर ७० वर्ष पूरा हुँदैछ । त्यसैले उनी पदमा रहन पाउने छैनन् ।
७० वर्ष पूरा भएपछि कुनै पनि व्यक्ति बीसीसीआईको कुनै पनि पदमा आसिन हुन नपाउने प्रावधान रहेको छ । त्यसैले बीसीसीआई नयाँ अध्यक्षको खोजीमा जुटेको समाचारमा जनाइएको छ ।
बीसीसीआई स्रोतका अनुसार रोजर बिन्नी सेवा निवृत्त भएपछि उनको स्थान राजीव शुक्लाले लिन सक्ने बलियो सम्भावना छ । राजीव शुक्ला हाल बीसीसीआईका उपाध्यक्ष हुन् ।
त्यसैले राजीव शुक्लालाई बीसीसीआईको कार्यकारी अध्यक्ष बनाइने सम्भावना छ । यसै वर्षको सेप्टेम्बरमा बीसीसीआईको नयाँ अध्यक्ष चयन गरिनेछ । त्यसअघि शुक्लालाई काम चलाऊ अध्यक्षको जिम्मेवारी दिइने दाबी गरिएको छ । राजीव शुक्लाले लामो समयदेखि बीसीसीआईको विभिन्न पदमा रहेर काम गर्दै आएका छन् ।
खेलाडीहरूसँग पनि उनको सम्बन्ध राम्रो छ । सौरव गांगुली बीसीसीआईको अध्यक्ष रहँदादेखि नै राजीव शुक्ला उपाध्यक्ष पदमा सक्रिय थिए । सन् १९५५ को जुलाई १९ तारिखमा जन्मिएका रोजर बिन्नी सन् १९८३ मा भारतलाई एकदिवसीय विश्वकपको उपाधि चुमाउने टोलीमा महत्त्वपूर्ण सदस्य हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गायिका रचना रिमाल अस्पतालबाट डिस्चार्ज
-
'मिस ग्रान्ड नेपाल २०२५' जित्ने दाउमा गरिमा
-
कसिलो स्रोतबिच सुदूरपश्चिम प्रदेशको महत्वाकांक्षी बजेट
-
बागमती प्रदेशको बजेट : स्थानीय तहले कति पाए ?
-
बागमती प्रदेशको बजेटः कृषि र पर्यटन क्षेत्रका के–के परे प्राथमिकतामा ?
-
लुम्बिनीको बजेट लक्ष्यविहीन र सस्तो लोकप्रियताका लागि मात्रै : प्रतिपक्षी नेता महरा