१६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेसको लगातार दोस्रो जित

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा जारी टीबी स्मृति प्रथम १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले गण्डकी प्रदेशलाई हराउँदै लगातार दोस्रो जित हात पारेको छ ।
अभय यादवको कसिलो बलिङको मद्दतमा मधेसले उक्त जित हात पारेको हो । बुधबार भएको खेलमा ८ दशमलव २ ओभर बलिङ गरेका अभयले २ दशमलव २८ को औसतमा १९ रन खर्चिएर गण्डकीका ७ विकेट लिए ।
अभयले ३८ डट बल फाल्दै विपक्षीका ७ विकेट ढाल्ने क्रममा सुरुवाती क्रममा तीन जना ब्याटरमध्ये बिनय कार्कीलाई १४, सुप्रिम सुनारलाई ११ र समिर न्यौपानेलाई शून्य रनमै पेवेलियन फर्काए ।
प्लेयर अफ दि म्याच घोषित अभयको बलिङको फन्दामा परेर २५ रन जोड्दाको अवस्थामा सुरुवाती क्रमका ३ जना महत्त्वपूर्ण ब्याटर गुमाएको गण्डकीका अरू ब्याटरलाई पनि अभयले खुलेर खेल्ने मौका नै दिएनन् ।
पाँचौँ नम्बरमा आएका भुवन भट्टराई जम्मा ३ रनको व्यक्तिगत स्कोरमा एल.बी.डब्ल्यूको धरापमा पारेका अभयले अनिष राउतलाई ९ रनमा स्टम्प्ड गराए भने राज परियारलाई ५ तथा रिदम पाण्डेलाई ५ रनमा आफै बलिङ, आफै क्याच गर्दै पवेलियन फर्काए ।
१५ रन अतिरिक्त पाएको गण्डकीको पारी ३२ दशमलव २ ओभरमा जम्मा १ सय ४ रनमा सीमित भयो । जसमा रोज श्रेष्ठले सर्वाधिक २०, विनय कार्की र रमित कँडेलले समान १५ तथा सुप्रिम सुनाले ११ रन जोडेका थिए ।
१ सय ५ रनको सामान्य लक्ष्य लिएर जवाफी ब्याटिङ थालेको मधेसले जीतका लागि धेरै सङ्घर्ष गर्नपरेन, जम्मा १४ दशमलव १ ओभरमा ५ विकेट सुरक्षित राख्दै जीत निश्चित गर्यो ।
वीरेन्द्रनगर मैदानमा भएको खेलमा १५ बलमा २५ रनको बलियो आधार गरेर आउट भएका सुशान्त सिंहको स्कोरमा शेख अरमानको २३, माहि यादवको १३ र नुमैर यादवको १० रनको योगदान मधेसको जीतका लागि पर्याप्त भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोहित शर्मा भन्छन्, ‘टेस्ट क्रिकेटबाट सन्न्यास लिएपछि नराम्ररी बुवाको गाली खाएँ’
-
अनुकूल न्यायाधीश खोज्ने प्रयास, चार पटक सारियो पेसी
-
ट्रम्प र मस्कबिचको चर्को बहसपछि घट्यो टेस्लाको शेयर
-
चाँडै चीन भ्रमण जाँदै छन् ट्रम्प
-
बजेट नपरेकोबारे सोध्दा ऋषिकेशका पिएको जवाफ : बसाइँ सरेर अन्तै जानु
-
इङ्गल्यान्डमा खेलिने टेस्ट शृङ्खलाको नाम ‘एन्डर्सन–तेन्दुल्कर ट्रफी’