तनहुँमा बस र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर १ गुणादीस्थित पृथ्वी राजमार्गमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ।
बुधबार दिउँसो थर्पुबाट दमौलीतर्फ गइरहेको ग १ ख ९३९९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको ग १७ प ५१४६ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए।
दुर्घटनामा परेका कास्की माछापुच्छ्रे गाउँपालिका नम्बर ४ का २४ वर्षीय सरोज पौडेललाई तत्काल उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएको थियो। तर, उपचारको क्रममा करिब ३ः५० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।
बस चालक तनहुँ शुक्लागण्डकी नगरपालिका नम्बर १० का ३४ वर्षीय तारापति शर्मा प्रहरीको नियन्त्रणमा रहेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडामा हुने जी– ७ शिखर सम्मेलनमा मोदी सहभागी हुने
-
अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा मौरिसको सालिक
-
चलचित्र समीक्षक समाजको अध्यक्षमा तिमिल्सेना
-
मार्फा–जोमसोम सडक धमाधम कालोपत्रे
-
१२ बजे १२ समाचार: कांग्रेसको मधेस प्रदेश सरकार नेतृत्वमा दाबीदेखि, कोरोनाको जोखिमसम्म
-
आलम सफाइ प्रकरण र पतञ्जली जग्गा प्रकरणमा युवराज सफलकाे दुई छुट्टाछुट्टै उजुरी