छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु
बिहीबार, २२ जेठ २०८२, १५ : १७

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ ।
- काभ्रे, बेथान चोक गाउँपालिका-६ चिहानडाँडास्थित सडकमा पनौती बसपार्कबाट मेदाम्चुतर्फ जाँदै गरेको बा.३ ख ४४३५ नम्बरको बस सडकबाट चिप्लिएर करिब ३५ मिटर तल खसेर बुधबार साँझ दुर्घटना हुँदा बसमा सवार बनेपा नगरपालिका-९ बस्ने ६५ वर्षीया कृष्ण माया तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका १ जनाको भक्तपुर इन्टरनेशनल अस्पताल भक्तपुरमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- तनहुँ, म्याग्दे गाउँपालिका-१ गुणादीस्थित सडकमा ग.१ ख ९३९९ नम्बरको बस र ग.१७ प ५१४६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक कास्की माछापुच्छ्रे गाउँपालिका-४ बस्ने २४ वर्षीय सरोज पौडेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- बारा, सिम्रौनगढ नगरपालिका-११ भगवानपुर पिपलबोटस्थित सडकमा प्र.०२-००३-००१ ख ६६७ नम्बरको टिपरले म.प्र.०३-०३१ प ५५५० नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक पचरौता नगरपालिका-५ सखुवाड बस्ने ३५ वर्षीय हिरालाल मुखियाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको एनएमसी अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- झापा, दमक नगरपालिका-७ पशुहाटडाँडास्थित सडकमा मे.१ ख ३०२७ नम्बरको बस र प्र.१-०२-०५२ प २२११ नम्बरको मोटरसाइकल एकआपसामा ठक्कर खाई बुधबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-४ बस्ने ३६ वर्षीय मिलन थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगर मोरङमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- सर्लाही, बागमती नगरपालिका-११ बागमती पुलस्थित सडकमा चपुरबाट हरिवनतर्फ आउँदै गरेको प्रदेश ३-०३-००१ ख ००७० नम्बरको कन्टेनर गाडीले प्रदेश ३-०२-०१४ प ९८७७ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकल चालक रौतहट चन्द्रपुर नगरपालिका-१ पौराही टोल बस्ने २१ वर्षीय गोपाल योन्जनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलगंवामा थप उपचारको क्रममा मृत्यु भएको हो । कन्टेनर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- बाँके, कोहलपुर नगरपालिका-१४ हवल्दारपुर फनपार्कस्थित सडकमा नेपालगंजबाट कोहलपुरतर्फ आउँदै गरेको भे.९ प ८१५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-६ रझेना बस्ने ३५ वर्षीय सरोज मरासिनीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
- यसैगरी बाँके, कोहलपुर नगरपालिका-११ पुलचोकस्थित सडकमा भे.१३ प ३२७७ नम्बरको मोटरसाइकल र भे.११ प ९७२१ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका-११ बस्ने ५७ वर्षीय चिरञ्जीबि अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- सप्तरी, सुरूङ्गा नगरपालिका-६ स्थित सडकमा लहानबाट कडरवोनातर्फ आउँदै गरेको बा.८७ प ९९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक अग्नीसाइर कृष्णासवरन गाउँपालिका-२ बस्ने १९ वर्षीय सुदिप चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको धामिनी अस्पताल लहान सिराहामा उपचार भइरहेको छ ।
- रूपन्देही, सैनामैना नगरपालिका-७ देउपास्थित सडकमा कलौनीबाट हात्ती बजारतर्फ जाँदै गरेको लु.५८ प २८३२ नम्बरको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिई बिहीबार बिहान दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने १९ वर्षीय रिकेश दर्लामीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी १ जना पैदलयात्रीको साझा हस्पिटल भुड्की चोक बुटवलमा उपचार भइरहेको छ ।
- कैलाली, घोडाघोडी नगरपालिका-१ सुखडस्थित सडकमा रोकी राखेको सु.प.प्र ०१-००२ त ५१५८ नम्बरको ट्याक्टरको ट्रलीमा से.६ प ४४३६ नम्बरको मोटरसाइकल ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-२ बस्ने २४ वर्षीय राधेश्याम चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा र मोटरसाइकल चालकको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ ।
- चितवन, राप्ती नगरपालिका-५ हर्दीस्थित सडकमा भण्डाराबाट खुरखुरेतर्फ जाँदै गरेको बा.२० च ३१९५ नम्बरको कारको ठक्करबाट पैदलयात्री हाल नाम, थर र वतन नखुलेका अन्दाजी २० वर्षीय पुरूषको गए राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले कार चालकलाई नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शान्तीश्री परियार र धिरज कोइरालाको स्वरमा ‘सिङ्गै जोबन दिन्छु’ सार्वजनिक
-
पर्सामा आगलागीबाट घरगोठ जले
-
बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
१० बजे १० समाचार : माधव नेपालविरुद्ध मुद्दा चलेपछि आरोप–प्रत्यारोप, प्रचण्डले पनि भने– प्रतिशोधको गन्ध आयो
-
बाजुरा आगलागी अपडेट : ३१ पसल पूर्ण रूपमा जले, प्रभावित भएकाहरू खुला आकाशमुनि
-
चलचित्र ‘रियाल रिङ्गेट’ साउन १६ देखि प्रदर्शन हुने