तारकेश्वरको तिनपिप्लेमा ‘ब्रेक फेल’ भई माइक्रो बस दुर्घटना, आठ जना घाइते
शुक्रबार, २३ जेठ २०८२, १७ : ५७
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर ३ तिनपिप्ले भुवनेश्वरी मन्दिर नजिक शुक्रबार दिउँसो सवारी दुर्घटना भएको छ । काभ्रे बनेपाबाट भुवनेश्वरी मन्दिर घुम्न आएको बा १ ज ८६८५ नम्बरको माइक्राे बस ब्रेक फेल भई दुर्घटना भएको हाे । माइक्राे बस सडकबाट १० मिटर तल खसेको थियो ।
घाइतेहरूको विवरण
- जिल्ला काभ्रे बनेपा नगरपालिका वडा नं.१० घर भई बस्ने बर्ष अं.३८ कि सुनिता खड्का अवस्था बोल्न सक्ने बाँया खुट्टामा (सामान्य) चोट रहेको ।
- जिल्ला काभ्रे बनेपा नगरपालिका वडा नं.१० घर भई बस्ने बर्ष अं.३८ कि सारदा रावत अवस्था बोल्न सक्ने बाँया हातको बुढी औलामा (सामान्य) चोट रहेको ।
- जिल्ला काभ्रे बनेपा नगरपालिका वडा नं.१० घर भई बस्ने बर्ष अं.३७ कि अनिता थापा अवस्था बोल्न सक्ने बाँया खुट्टा र बाँया खुट्टामा (सामान्य) चोट रहेको ।
- जिल्ला काभ्रे बनेपा नगरपालिका वडा नं.१० घर भई बस्ने बर्ष अं.६० कि कान्छी खड्का अवस्था बोल्न दाईने साईडको कोखा दुखेको बाहिरी चोट पटक केही नभएको ।
- जिल्ला काभ्रे बनेपा नगरपालिका वडा नं.१० घर भई बस्ने बर्ष अं.४५ कि राम शोभा थापा अवस्था बोल्न सक्ने टाउकोमा (सामान्य) चोट रहेको ।
- जिल्ला काभ्रे बनेपा नगरपालिका वडा नं.१० घर भई बस्ने बर्ष अं.४५ कि शान्ता खत्री अवस्था बोल्न सक्ने बाँया हातमा (सामान्य) चोट रहेको ।
- जिल्ला काभ्रे बनेपा नगरपालिका वडा नं.१० घर भई बस्ने बर्ष अं.७० कि पार्वती काफ्ले अवस्था बोल्न सक्ने ओठ र बाँया खुट्टामा (सामान्य) चोट रहेको ।
- जिल्ला काभ्रे बनेपा नगरपालिका वडा नं.१० घर भई बस्ने बर्ष अं.३७ कि लक्ष्मी खड्का अवस्था बोल्न सक्ने टाउकोमा (सामान्य) चोट रहेको ।
दुर्घटनामा घाइते भएका आठ जनाकाे मेगा ग्रिनसिटी अस्पतालमा लगिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी वृत्त बालाजुका प्रहरी बरिष्ठ नायव बिजय कुमार शाहीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
-
देउवा–शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण