शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

तारकेश्‍वरको तिनपिप्लेमा ‘ब्रेक फेल’ भई माइक्रो बस दुर्घटना, आठ जना घाइते

शुक्रबार, २३ जेठ २०८२, १७ : ५७
शुक्रबार, २३ जेठ २०८२

काठमाडौँ । काठमाडौँको तारकेश्‍वर नगरपालिका वडा नम्बर ३ तिनपिप्ले भुवनेश्वरी मन्दिर नजिक शुक्रबार दिउँसो सवारी दुर्घटना भएको छ । काभ्रे बनेपाबाट भुवनेश्वरी मन्दिर घुम्न आएको बा १ ज ८६८५ नम्बरको माइक्राे बस ब्रेक फेल भई दुर्घटना भएको हाे । माइक्राे बस सडकबाट १० मिटर तल खसेको थियो । 

घाइतेहरूको विवरण

  • जिल्ला काभ्रे बनेपा नगरपालिका वडा नं.१० घर भई बस्ने बर्ष अं.३८ कि सुनिता खड्का अवस्था बोल्न सक्ने बाँया खुट्टामा (सामान्य) चोट रहेको ।
  • जिल्ला काभ्रे बनेपा नगरपालिका वडा नं.१० घर भई बस्ने बर्ष अं.३८ कि सारदा रावत अवस्था बोल्न सक्ने बाँया हातको बुढी औलामा (सामान्य) चोट रहेको ।
  • जिल्ला काभ्रे बनेपा नगरपालिका वडा नं.१० घर भई बस्ने बर्ष अं.३७ कि अनिता थापा अवस्था बोल्न सक्ने बाँया खुट्टा र बाँया खुट्टामा (सामान्य) चोट रहेको ।
  • जिल्ला काभ्रे बनेपा नगरपालिका वडा नं.१० घर भई बस्ने बर्ष अं.६० कि कान्छी खड्का अवस्था बोल्न दाईने साईडको कोखा दुखेको बाहिरी चोट पटक केही नभएको ।
  • जिल्ला काभ्रे बनेपा नगरपालिका वडा नं.१० घर भई बस्ने बर्ष अं.४५ कि राम शोभा थापा अवस्था बोल्न सक्ने टाउकोमा (सामान्य) चोट रहेको ।
  • जिल्ला काभ्रे बनेपा नगरपालिका वडा नं.१० घर भई बस्ने बर्ष अं.४५ कि शान्ता खत्री अवस्था बोल्न सक्ने बाँया हातमा (सामान्य) चोट रहेको ।
  • जिल्ला काभ्रे बनेपा नगरपालिका वडा नं.१० घर भई बस्ने बर्ष अं.७० कि पार्वती काफ्ले अवस्था बोल्न सक्ने ओठ र बाँया खुट्टामा (सामान्य) चोट रहेको ।
  • जिल्ला काभ्रे बनेपा नगरपालिका वडा नं.१० घर भई बस्ने बर्ष अं.३७ कि लक्ष्मी खड्का अवस्था बोल्न सक्ने टाउकोमा (सामान्य) चोट रहेको ।

दुर्घटनामा घाइते भएका आठ जनाकाे मेगा ग्रिनसिटी अस्पतालमा लगिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी वृत्त बालाजुका प्रहरी बरिष्ठ नायव बिजय कुमार शाहीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप