१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
सारांश
- बाढी पूर्वानुमान महाशाखाले देशका प्रमुख नदीहरूको बहाव सतर्कता तहभन्दा तलै रहेको जनाएको छ।
- तर, १२ जिल्लामा साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको चेतावनी दिइएको छ।
- आगामी दुई दिन कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साना नदीमा बहाव बढ्न सक्ने सम्भावना छ।
काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहानको मापन अनुसार देशका प्रमुख नदीहरूको बहाव सतर्कता तहभन्दा तलै रहेको जनाकारी दिएको छ।
महाशाखाले जारी गरेको बुलेटिनमा भनिएको छ, ‘कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको बहाव सामान्य छ।’ कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा पनि बहाव नियन्त्रणमै रहेको महाशाखाले जनाएको छ।
प्रमुख नदीहरू सुरक्षित रहे पनि देशका विभिन्न १२ जिल्लामा भने साना नदीको बहाव उल्लेख्य बढ्न सक्ने चेतावनी दिइएको छ। आज झापा, उदयपुर, मकवानपुर, गोरखा, लमजुङ, जाजरकोट, दैलेख, कालिकोट, डोटी, डडेलधुरा, बैतडी र आसपासका जिल्ला भई बहने सा-साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।
महाशाखाले आगामी दुई दिनको सम्भावना प्रस्तुत गर्दै भनेको छ, ‘साउन ६ र ७ गते कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश भई बहने केही सा-साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्छ।’ नदी तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्लेब्याक गायनमा अरिजित सिंहले गरेका हुन् कमब्याक ?
-
अण्डाको फार्म मूल्य प्रति क्रेट ६० रुपैयाँसम्म घट्यो, उपभोक्ताका लागि घटेन
-
शिक्षा समता शुल्क खारेज भएसँगै अभिभावकहरूकाे कति रकम जाेगियाे ?
-
उज्बेकिस्तानकी पूर्वमोडलको खुलासाः जेल सजायका बेला पनि एप्स्टिनले यौनशोषण गरिरहे
-
१४ औँ हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न
-
साउदीबाट आईएमई गर्दा अभिषेक कालाखेतीले जिते बीवाईडी एट्टो १ ईभी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण